Winamp windows Media Player Real Player QuickTime

थारुहरुको महान पर्व यम्वासा (पितृ औंसी)

असोज १९
चितवनका थारु समुदायले आज आफ्नो पितृहरुको सम्झनामा यम्वासा पर्व मनाउँदै छन् ।यम्वासालाई पितृऔसी पनि भनिन्छ । यम्वासा बिशेष गरेर थारु समुदायले आफ्ना दिवंगत भएका  पितृको सम्झनामा मनाउने गर्दछ । यम्वासाका दिनमा गृहीणीहरु सबेरै उठेर नुवाईधुवाई गरी घर लिपपोत गरी खाना बनाउने गर्दछ ।घरको मुख्य व्यतिm भने बिहानै उठी सिरु काटेर नुवाई धुवाई गरी पाहुना बसाल्ने काम गर्दछ ।सिरुलाई फुल अबिरले सिगारेर पाहुनाको रुपमा आगनमा बसाल्ने गर्दछ । पाहुनालाई पितृका प्रतिको रुपमा मानिन्छ । दिवंगत भएका  पितृलाई जस्तै माछामासु, सुर्ती चुरोट ,सुपारी ,रक्सी ,पानी इत्यादी दिने  गरीन्छ ।त्यस्तै घाम पानिले असर नगरोस भनेर छाता ओढाई दिने पनि गरीन्छ ।यम्वासाका दिनमा बिशेष गरेर बिबाह गरेर पठाई सकेको चेलीहरुलाई निम्ता गरेर ल्याईने गरीन्छ । साझंपख यूवायुवतीहरु समूह मिलेर यम्वासा खाने गर्दछ ।प्रत्येक घर घरमा जाने र यम्वासा खानु अघि गित गाएरै खानको लागी अनुरोध गरीन्छ ।खाना खाईसके पछि नाङलोमा पानी राखेर छर्किदै बिदाई गर्ने गर्दछन ।  
 

Local News

Political News

International News

Sports News