Winamp windows Media Player Real Player QuickTime

गैडातस्करमा प्राय चेपाङ व्यक्ती

असोज १९
चितवन राष्ट्रिय निकुञ्जमा गैडा तस्करमा प्राय चेपाङ समुदाय सलग्न रहेको पाईएको छ । चितवन राष्ट्रिय निकुञ्जले दिएको जानकारी अनुसार गैडा तस्करमा चितवनकै विकट पहाडी गाविसका चेपाङहरु सलग्न रहेका छन् । निकुञ्जले शुक्रवार गैडा तस्करमा सलग्न १४ जना मध्ये ६ जना चेपाङ व्यक्ती रहेका छन् । तस्करमा चेपाङ समुदायका व्यक्ती वढि सलग्न रहेको पाईएपछि निकुञ्जले सचेतता कार्यक्रम संचालन गर्ने भएको छ । निकुञ्जले चेपाङ गाँउमा सचेतता र जीविकोपार्जन कार्यक्रम गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत कमलजंग कुँवरले जानकारी दिनुभयो । निकुञ्जले शुक्रवार गैडामारी खाग विक्री गरेको मुद्यामा यसअघिनै  ३ वर्ष जेल वसेर छुटेका र फेरी गैडा मारी विक्री वितरण कार्यमा सलग्न भई फराररहेका वुद्धिवहादुर प्रर्जासहित १४ जनालाई प्रक्राउ गरी सार्वजनिक गरेको थियो ।
 

  • Program on air
  • Program Name: Collywood CoutDown
  • Program Host: सागर ढुङ्गाना
  • Time duration: 04:10 PM-05:00 PM
  • Next Program
  • Program Name: अर्पण बुलेटिन
  • Program Host: समाचार शाखा
  • Time duration: 05:00 PM-5:30 PM

Local News

Political News

International News

Sports News