Winamp windows Media Player Real Player QuickTime

युनिकको साधारण सभा

असोज १९
रत्ननगर २ मा रहेको युनिक वचत तथा ऋण सहकारी संस्था लिमिटेडको छैठौ वार्षिक साधारण सभा आज सम्पन्न भएको छ । जिल्ला सहकारी डिभिजन तथा प्रशिक्षण कार्यालयका प्रशिक्षक श्रीकृष्ण नेपालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा संस्थाका कार्यकारी प्रमुख मेघनाथ लामिछानेले आर्थिक वर्ष २०६९÷७० को आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । सो अवसरमा कार्यकारी प्रमुख लामिछानेले गत वर्ष संस्थाले एघार लाख नाफा गरेको जानकारी दिनुभयो ।  साधारण सभाले आगामी आर्थिक वर्षको लागी प्रस्तावित आयव्यय तथा कार्ययोजनाहरु पारित गरेको छ । कार्यक्रममा एसएलसी, दश जोड दुई,स्नातक तह र स्नाकोत्तर तहमा विशिष्ठ अंक ल्याउने शेयर सदस्यका छोराछोरीलाई नगदसहित प्रसंसा पत्रले सम्मान गरिएको थियो । साथै संस्थामा सवैभन्दा वढी कारोवार गर्ने १० जना शेयर सदस्यहरुलाई पनि सम्मान गरिएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष कोमलचन्द्र खनालको अध्यक्षतामा भएको थियो ।  
 

  • Program on air
  • Program Name: कृषि सरोकार
  • Program Host: रन्जिता देवकोटा
  • Time duration: 07:30 AM-08:00 AM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 08:00 AM-08:10 AM

Local News

Political News

International News

Sports News