Winamp windows Media Player Real Player QuickTime

मतदानमा भाग लिन पत्राचार गर्ने तयारीमा निर्वाचन आयोग– प्रमुख निर्वाचन आयुक्त

२२ असोज

प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले निर्वाचनको विपक्षमा रहेका दलहरुलाई मतदानमा भाग लिन पत्राचार गर्ने तयारि गरेको वताउनुभयो ।रिपोर्टस क्लब चितवन शाखाले आज भरतपुर विमानस्थलमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उप्रेतिले दलको नाममा भाग नलिनेहरुलाई पनि मतदान प्रक्रियामा सहभागि गराउन निर्वाचन आयोग र सरकार लागि परेको दावि गर्नुभयो । भोली चितवनमा हुने मध्य जिल्लाका सुरÔा निकायहरुको सम्मेलनमा भाग लिन चितवन आउनुभएका प्रमुख निर्वाचन आयुक्त उप्रेतिले विपक्षि दलहरुले आफुहरुलाई कुनै पत्र नबुझाएको भन्दै निर्वाचनमा अघाडि हिडिसकेकाले अव मतदान केन्द्रमा पुगेर मतदान गर्न पाउने सम्पुर्ण नेपालिको अधिकार सुरक्षित गर्न लागिपरेको जिकिर गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त उप्रेतिले मतदान गर्ने दिनसम्ममा मतदातालाई मतदाता परिचयपत्र सहित मत खसाल्न पाउने व्यवस्था मिलाउन आयोगले मतदाता परिचय पत्र छपाउन छोटो समयमा टेण्डर गरेरै भएपनि प्रक्रिया अघाडि बढेको वताउनुभयो ।ससना छिटफुट घटनाले निर्वाचन नरोकिने भन्दै उप्रेतिले निर्वाचनमा कुनै भय र त्रास हुन नदिन विशेष सुरक्षा प्रवन्ध मिलाइएको दावि गर्नुभयो । “लोकतन्त्र हाम्रो हो,यसको स्थापना र प्रवद्धन गर्ने काम तपाई हाम्रो हो ” – उप्रेतिको भनाई छ । प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले निर्वाचनमा भय र त्रास हुनेमा कुनै शंका नगर्न आग्ह गर्नुभयो । सुरÔित मतदान गर्ने वातावरण्ँ बनाउन सरकारले प्रतिवद्धता जनाएकाले निर्वाचन सुरÔित हुने बताउनुभयो । निर्वाचनका लागि २० लाख मतपत्र छापिसकेको भन्दै उहा“ले अझै ३ करोड मतपत्र छाप्ने काम धमाधम भइरहेको बताउनुभयो ।

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News