Winamp windows Media Player Real Player QuickTime

काग्रेश क्षेत्रनम्वर एकद्धारा प्रचार प्रचार समिति गठन

असोज २२
नेपाली काग्रेश क्षेत्र नम्वर एक चितवनले आगामी संविधान सभा चुनावका लागी प्रचार प्रसार समिति गठन गरेको छ । पुर्वी चितवनको खैरहनीमा आज भएको भेलाले क्षेत्र नम्वर एकमा पार्टीलाई जिताउने अभियानसहित क्षेत्रिय सभापति राजुप्रसाद सिलवालको संयोजकत्वमा १ हजार ५१ सदस्यीय मुलसमिति गठन गरिएको हो । मुलसमिति अन्र्तगत विभिन्न १५ वटा उपसमितिहरु रहनेछन् । जस मध्य आर्थिक,युवा परिचालन,विद्यार्थी,महिला,वृद्धवृद्धा,अनुसासन,सुरक्षा,सामाजिक संघसंस्था,मुल्यांकन तथा अनुगमन लगायत रहेको क्षेत्रिय सभापति राजु सिलवालले जानकारी दिनुभयो । सो अवसरमा क्षेत्र नम्वर एक काग्रेशले आजदेखि आगामी संविधान सभाको निर्वाचनको चुनावी प्रचार प्रसार सुरु भएको समेत घोषणा गरेको थियो । विजयादशमीको अवसरमा शुभकामना आदान प्रदान समेत रहेको सो कार्यक्रममा वोल्ने काग्रेशका नेताहरुले चितवन एक नम्वर क्षेत्र लगायत सवै क्षेत्रमा आगामी निर्वाचनमा जिताउने अभियानमा लाग्न कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । चितवन क्षेत्र नम्वर एकमा नेपाली काग्रेशबाट राजेन्द्र वुर्लाकोटीको उम्मेदवारी रहेको छ । काग्रेश क्षेत्र नम्वर एकका उम्मेदवार राजेन्द्र वुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाली काग्रेश जिल्ला कार्यसमिति उपसभापति वलराम अर्याल,पुर्व जिल्ला सचिव इश्वरी आचार्य,महासमिति सदस्यहरु राजेन्द्र चौधरी,नेत्रमणी सेढाई,सुशिला उप्रेती,क्षेत्रिय सदस्य सचिव सुरेश ढकाल लगायतले वोल्दै काग्रेश क्षेत्र नम्वरमा विजयी हुने दावी गरेका थिए ।कार्यक्रम काग्रेश क्षेत्र नम्वर एकका क्षेत्रिय सभापति राजुप्रसाद सिलवालको अध्यक्षतामा भएको थियो ।
 

Local News

Political News

International News

Sports News