Winamp windows Media Player Real Player QuickTime

शीर्ष नेताप्रति विश्वास घटेकाले स्वतन्त्र उम्मेदवारी दिएको विकास कोईरालाद्धारा प्रष्ट

असोज २३
धु्रवराज खनाल
नेपाली काग्रेश चितवनका युवा नेता विकास कोईरालाले शीर्ष नेताहरु प्रति जनताको विश्वास घट्दै गएकाले आफुले स्वतन्त्र उम्मेदवारी दिएको प्रष्ट पार्नु भएको छ । आफुले काग्रेश सभापति विरुद्धमात्र नभई अन्य पार्टीका उम्मेदवार विरुद्ध उम्मेदवारी दिएको वताउनु भयो । रेडियो अर्पणबाट आज(बुधवार) विहान प्रसारीत कार्यक्रम अर्पण वहसमा कुराकानी गर्दै कोईरालाले आफुले चितवन क्षेत्र नम्वर ४ मा जित्ने दावी गर्नु भएको छ ।  जनताले आफुलाई विश्वास गरेको र जनताको मन जित्ने योग्य नेता सो क्षेत्रबाट आफु मात्र रहेको उहाँको जिकिर थियो । कार्यक्रममा कुराकानी गर्दै नेता कोईरालाले चितवनलाई कसरी शान्ती र भयरहित वातावरण वनाउन पनि आफुले स्वतन्त्र तर्फबाट उम्मेदवारी दिएको वताउनु भयो ।  पदको लागी वार्गेनिङ नगरेको स्पष्ट पार्दै उहाँले समानुपातिकबाट उम्मेदवार वनाउँछु भनेर पार्टीले लोभ मात्र देखाएको तर आफु प्रत्यक्षबाटै उठ्न चाहेको वताउनु भयो । काग्रेश भित्रै ग्राईन डिजाईन भईरहेकाले यस्तै अवस्था रही रहे काग्रेश केही समयमै नरहने उहाँको दावी थियो । काग्रेशमा ठगेर खाने प्रवृती हावी भएको समेत कोईरालाको भनाई थियो । कोईरालाले उम्मेदवारी दिएको चितवन क्षेत्र नम्वर ४ काग्रेशका सभापति सुसील कोईराला,एमाओवादीबाट चित्रवहादुर श्रेष्ठ,एमालेबाट पार्वती रावल लगायतको उम्मेदवारी छ ।
 

Local News

Political News

International News

Sports News