Winamp windows Media Player Real Player QuickTime

काग्रेसको नेतृत्व विना सविधान नबन्ने सभापति कोइरालाको ठोकुवा

असोज २३
नेपाली काग्रेसका सभापति सुशिल कोइरालाले नेतृत्व नलिएसम्म लोकतान्त्रिक संविधान नबन्ने ठोकुवा गर्नु भएको छ । रिपोर्टर्स क्लब नेपाल चितवन शाखाले दशै तिहार र छठको अवसरमा आयोजना गरेको सुभकामना चियापान कार्यक्रम तथा साक्षात्कारमा उहाँले पहिलो संविधानसभाको निर्वाचनमा काग्रेस नेतृत्वदायी उपस्थिति नहुँदा संविधान नबनी विघठन भएको तर्क गर्दै काग्रेसलाई बहुमत दिन आब्हान गर्नुभयो । साक्षात्कारमा कोइरालाले यस पटक नेपाली जनता काग्रेसको पक्षमा भएकोले बहुमत ल्याउने दावी गर्दै लोकतान्त्रिक संविधान, शान्ति, स्थायीत्व र विकासको लागि काग्रेसलाई मतदान गर्नु पर्ने बताउनु भयो ।  उहाँले पार्टी भित्र बरिष्ठ नेता शेरबहादुर देउवा र आफूवीच कुनै मतभेद नरहेको र सो कुरा टिकट वितरणले नै पुष्टि गरेको दावी गर्दै काग्रेस एक भएर चुनावमा जाने विश्वास ब्यक्त गर्नुभयो । उहाँले एकसाताभित्र पार्टीले घोषणा पत्र सार्वजनिक गर्ने जानकारी दिदै त्यसमा विपीको समाजवादको ब्याख्या र विकास सम्बन्धी योजनाहरु उल्लेख हुने बताउनु भयो  । मंसिर ४ को निर्वाचनमा नेकपा–माओवादीलाई ल्याउन आफूले सक्दो प्रयत्न गरे पनि नआएको जानकारी दिदै अब शान्तिपूर्ण रुपमा जनतालाई मतदानको अवस्था बनाउन माओवादीसँग आग्रह गर्नुभयो  । कार्यक्रममा रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋषि धमलाले चितवनका सक्रिय पत्रकारहरुकोलागि २५ हजार रासीको यूवा पत्रकारिता पुरस्कार प्रदान गर्ने घोषणासमेत गर्नुभयो  ।
 

Local News

Political News

International News

Sports News