Winamp windows Media Player Real Player QuickTime

४५० लिटर घरेलु मदिरा नष्ट

असोज २४
इलाका प्रहरी कार्यालय रत्ननगरले आज ४ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । रत्ननगरका विभिन्न स्थानबाट अवैध रुपमा विक्री वितरण गरी रहेको अवस्थामा नियन्त्रणमा लिएको सो परिमाणको घरेलु मदिरा स्थानियवासी,पत्रकारको रोहवरमा नष्ट गरेको हो । रत्ननगरको स्याउली वजार,भानुचोक,हाजीपुर लगायतका स्थानबाट गत एक हप्ताभित्र नियन्त्रणमा लिएको मदिरा नष्ट गरेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी निरीक्षक एवंम प्रवक्ता केदार पन्तले जानकारी दिनुभयो । प्रहरीले जिल्लामा विषेश सुरक्षा योजना लागु गरेसंगै घरेलु मदिरा नियन्त्रणमा लिई नष्ट गर्ने अभियानलाई पनि तीव्रता दिएको छ । यस अघि प्रहरीले असोज १ गतेदेखि रत्ननगरका विभिन्न स्थानबाट १ हजार ५ सय लिटर अवैध घरेलु मदिरा नियन्त्रणमा लिएर नष्ट गरिसकेको छ । यसैबीच इलाका प्रहरी कार्यालय रत्ननगरले जुवातास खेल्ने ५० जनालाई नियन्त्रणमा लिएर छाडेको छ । जुवातास खेलिरहेको अवस्थामा पहिलो पटक फेला परेकाले उनीहरुलाई चेतावनी दिएर छाडिएको पन्तले जानकारी दिनुभयो । घरेलु मदिरा र जुवातासले चाडवार्डमा झैझगडा हुने भएकाले प्रहरीले घरेलु मदिरा नष्ट गर्ने र जुवातास खेल्नेलाई नियन्त्रणमा लिई कारवाही गर्दै आएको छ ।

 

Local News

Political News

International News

Sports News