Winamp windows Media Player Real Player QuickTime

अर्पण र अभियानको शुभकामना आदानप्रदान कार्यक्रम आर्थिक समृद्धि मुख्य एजेण्डा– पाण्डे

असोज २५
नेकपा एमालेका पोलिटव्युरो सदस्य एवंम पुर्वअर्थमन्त्री सुरेन्द्रं पाण्डेले आगामी संविधान सभाको मुख्य एजेण्डा मुलुकको आर्थिक समृद्धि रहेको वताउनु भएको छ । रेडियो अर्पण र अभियान टेलिभिजनले सयुक्त रुपमा विजयादशमी,शुभदिपावली र छठ पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा वोल्दै क्षेत्र नम्वर एक चितवनका एमाले उम्मेदवार समेत रहेका नेता पाण्डेले राष्ट्रियताको मुख्य मुद्या आर्थिक समृद्धी रहेको वताउनु भयो । आगामी संविधान सभाले जनताको संविधान दिने र त्यसपछि आर्थिक समृद्धि तर्फ देश अघि वढ्ने उहाँको विश्वास थियो । प्रत्येक दिन नेपाली युवाहरु रोजगारीका लागी विदेश जानु पर्ने वाध्यता रहेको भन्दै नेता पाण्डेले अर्थतन्त्र वलियो वनाएर युवाहरुलाई स्वदेशमै रोजगारीको अवस्था सृजना गर्नु पर्नेमा जोड दिनुभयो । चितवनमा सम्भावनाका क्षेत्र धेरै रहेकाले जिल्लाको विकासका लागी आफु कटिवद्ध भएर लाग्ने पाण्डेले वताउनु भयो । कार्यक्रममा एकिकृत नेकपा माओवादीका क्षेत्र नम्वर दुईका उम्मेदवार विश्वभक्त दुलाल,नेकपा एमाले क्षेत्र नम्वर दुईका उम्मेदवार कृष्ण खनाल,नेपाली काग्रेश क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारी, नेकपा मालेका क्षेत्र नम्वर दुईका उम्मेदवार तवहादुर विक, राष्ट्रिय जनमोर्चाका क्षेत्र नम्वर दुई उम्मेदवार चन्द्रकला क्षेत्री,,नगरका पार्टी प्रमुख एवंम पार्टी प्रतिनिधी,विभिन्न संघसंस्थाका प्रतिनिधी,रेडियोका पदाधिकारी,शेयर सदस्य लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवंम अभियान टेलिभिजनका प्रवन्ध निर्देशक वेदप्रसाद आचार्यको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News