Winamp windows Media Player Real Player QuickTime

नेकपा मालेको पार्टी कार्यालय उद्घाटन

२६ असोज
नेकपा माले चितवन क्षेत्र नम्वर एक र दुईको आज पार्टी कार्यालय उद्घाटन गरिएको छ । नेकपा मालेका पोलिटव्युरो सदस्य डम्वर श्रेष्ठले क्षेत्र नम्वर एकको भण्डारा र दुईको टाँडी वजारमा पार्टी कार्यालय उद्घाटन गर्नु भएको हो । क्षेत्र नम्वर एकमा नेकपा माले गाँउ कमिटि सचिव भीमराज थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा पोलिटव्युरो सदस्य भगवती घिमिरे,क्षेत्र नम्वर एकका उम्मेदवार परशुराम लामिछाने लगायतले वोल्नु भएको थियो । क्षेत्र नम्वर दुईमा नेकपा मालेका नगर सचिव रामहरी लम्सालको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा मालेका पुर्व सभासद पार्वती महतो कुमाल,केन्द्रिय सदस्य कपिल पोखरेल,क्षेत्र नम्वर दुईका उम्मेदवार तवहादुर विक लगायतले वोल्नु भएको थियो । आगामी संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै पार्टी कार्यालय उद्घाटन गरिएको नेकपा मालेले जनाएको छ ।
 

  • Program on air
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM
  • Next Program
  • Program Name: Arpan Local News
  • Program Host: News Desk
  • Time duration: 07:00 AM-07:15 AM

Local News

Political News

International News

Sports News