Winamp windows Media Player Real Player QuickTime

अव एमाले पहिलो शक्ती हुन्छ अध्यक्ष खनाल

असोज २६
धु्रवराज खनाल
नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आगामी संविधान सभाको निर्वाचनबाट एमाले पहिलो शक्तीको रुपमा आउने दावी गर्नु भएको छ । चितवनको भण्डारामा आज कार्यकर्तालाई सम्वोधन गर्दै अध्यक्ष खनालले एमाले प्रति जनलहर वढेकाले आफ्नो पहिलो शक्तीको रुपमा रहने वताउनुभयो । चितवन क्षेत्र नम्वर १ मा देखिएको जनलहरले अहिलेनै एमालेले जितिसकेको भन्दै उहाँले चितवनका पाँचै निर्वाचन क्षेत्र जिताउने गरी प्रचारत्मक अभियानमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभयो । साथै चितवनको जनलहरबाट अन्य जिल्लाहरुका नेता कार्यकर्ताहरुमा  उत्प्रेरित हुन र गराउन समेत उहाँको निर्देशन थियो । आफ्नै पार्टीको गुनगानमा समय खर्चिनु भएका खनालले आगामी संविधान सभाको निर्वाचन पछि एमाओवादी र काग्रेश दुई मध्ये एक दोश्रो र तेश्रो पार्टी हुने समेत  वताउनु भयो । पहिलो पार्टी एमाले वन्छ अध्यक्ष खनालले भन्नुभयो–दोश्रो पार्टीका लागी एमाओवादी र काग्रेशबीच प्रतिस्पर्धा हुन्छ । भण्डारामा कार्यकर्ता भेटघाटपछि अध्यक्ष खनाल पुर्वी चितवनको खैरहनीमा युवा सघले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा सहभागी हुनु भएको थियो ।


Local News

Political News

International News

Sports News