Winamp windows Media Player Real Player QuickTime

फिस्लिङमा माईक्रो दुर्घटनामा २ को मृत्यु,,११ जना वेपत्ता

२९ असोज
चितवनको फिसलिङमा हिजो साँझ भएको माइक्रोबस दुर्घटनामा परेका यात्रुहरुमध्ये आज बिहानसम्ममा नौ जनाको जीवितै उद्धार गरिएको र ११ जना अझै बेपत्ता रहेका छन् । बा २ ख २५९८ नम्बरको माइक्रोबस दुर्घटनामा हिजो नै दुई जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा ललितपुरकी २२ वर्षिया निशा पौडेल र अस्टे«लियन नागरिक ३२ वर्षिया कि निक मारिया रहेका छन् ।आज बिहानसम्ममा नौ जनालाई जीवितै उद्धार गरिएको र ११ जना अझै बेपत्ता रहेको खोजी कार्यमा सक्रिय रहेका इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी नायब निरीक्षक रोहित दुलालले जानकारी दिनुभयो । गाडीमा २२ जनाभन्दा बढी यात्रु हुनसक्ने प्रहरीले अनुमान गरेको छ ।प्रहरीका अनुसार नदीमा पसेको माइक्रोबससमेत फेला पार्न नसकिएकाले केही यात्रु अझै गाडीभित्रै हुनसक्ने आशङका गरिएको छ । डुङगाको सहायतामा प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले अहिले खोजी कार्य जारी राखेको दुलालले जानकारी दिनुभयो ।एक जना घाइते बेहोस अवस्थामा रहेको र दुई जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घटनामा अझै मृतकको सङख्या बढ्न सक्ने प्रहरीको भनाइ रहेको छ । तीब्रगतिका कारण सो दुर्घटना भएको प्रहरीले पुष्टि गरेको छ । दुर्घटनापछि उद्धार गरिएका घाइते यात्रुको भनाइलाई उदृत गर्दै मुग्लिन प्रहरीले सो जानकारी दिएको हो ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News