Winamp windows Media Player Real Player QuickTime

सौराहामा अहिले स्वदेशी र विदेशी पर्यटक वरावर

असोज २९
धुर्वराज खनाल
देशकै तेश्रो पर्यटकिय गन्तव्य चितवनको सौराहामा अहिले पर्यटक भरिभराउ रहेका छन् । यो सिजन पर्यटक आउने सिजन भएकाले सौराहाका होटलहरुमा पर्यटकहरु भरिभराउ भएका हुन् । विदेशी र स्वदेशी पर्यटकले सौराहाका होटलहरु भरिभराउ रहेको क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष नारायण भट्टराईले जानकारी दिनुभयो । अहिले ५० प्रतिशत विदेशी तथा ५० प्रतिशतनै स्वदेशी पर्यटक सौराहा घुम्न आएका छन् । दशैतिहारको विदा रहेकाले अहिले नेपाली पर्यटकको संख्या पनि विदेशी पर्यटकको हाराहारीमा रहेको भट्टराईले वताउनु भयो । दशैतिहारको विदा मनाउन अहिले धेरै काठमाडौ र पोखराका स्वदेशी पर्यटक सौराहा आएको उहाँले वताउनु भयो । स्वदेशी पर्यटक दशैतिहारको विदा मनाउन सौराहा आएका छन् क्षेत्रिय होटल संघ सौराहाका अध्यक्ष भट्टराईले भन्नुभयो–अघिल्लो वर्षहरुमा भन्दा केही पर्यटक घटेका छन तर विदेशी पर्यटकको हाराहारीमा स्वदेशी पर्यटक पनि छन् । सौराहामा अहिले युरोपियन ,अमेरीकन,अष्ट्रेलियन पर्यटकहरु घुम्न आएका छन् । एक हप्ता अघि चाईनिज पर्यटक धेरै थिए । विदेशी पर्यटकहरु १५ दिन सम्मको प्याकेज वनाएर पर्यटकिय क्षेत्र अवलोकनका लागी आउने गर्दछन् । हात्ती सफारी,वन्यजन्तु अवलोकन,राप्ती नदिमा डुङ्गा सयर,सुर्यास्त हेर्नु ,थारु कल्चरको अवलोकन सौराहा आउने पर्यटकहरुको मुख्य आकर्षण हुन् ।

 
  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News