Winamp windows Media Player Real Player QuickTime

काग्रेश क्षेत्र नम्वर दुईमा प्रचार प्रसार समिति गठन

असोज ३०
रत्ननगर
नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनले आगामी संविधान सभा चुनावका लागी आज प्रचार प्रसार समिति गठन गरेको छ । क्षेत्र नम्वर दुईको क्षेत्रिय भेलाले क्षेत्रिय सभापति कुमार कार्की संयोजक रहने गरी १ हजार एक सदस्यीय प्रचार प्रसार समिति गठन गरिएको हो । मुल समिति अन्र्तगत विभिन्न ३२ वटा उपसमितिहरु रहेका छन् । युवा परिचालन,विद्यार्थी,महिला,आदिवासी तथा जनजाती,आर्थिक,मंच व्यवस्थापन लगायतका उपसमिति गठन गरिएको क्षेत्रीय सभापति एवंम प्रचार प्रसार समितिका संयोजक कुमार कार्कीले जानकारी दिनुभयो । नेपाली काग्रेश क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको भेलामा वोल्ने नेताहरुले मंसीर ४ गते हुने चुनावमा यस क्षेत्रबाट काग्रेशलाई जिताउने गरी खटिन कार्यकर्तालाई आह्वान गरेका थिए  । भेलामा पुर्व सभासद एकनाथ रानाभाट,महासमिति सदस्य डा.तीर्थ खनिया,सावित्री चौधरी,जयन्द्रकुमार श्रेष्ठ,महाधिवेशन प्रतिनिधी,गीता देवकोटा,उत्तम आचार्य,कोमल आचार्य,काग्रेश जिल्ला सचिव जीतनारायण श्रेष्ठ,,किसोर घिमिरे,नगर सभापति रुपनराज घिमिरे,जिल्ला सदस्य नेमराज पौडेल लगायतले वोलेका थिए । भेला क्षेत्रिय सभापति कुमार कार्कीको अध्यक्षतामा भएको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News