Winamp windows Media Player Real Player QuickTime

दुर्गापुजाको समापन

असोज ३० गते
रत्ननगर
वकुल्लहर दुर्गा पुजा व्यवस्थापन समिति र कल्याण टोल विकास संस्था रत्ननगर ८ वकुल्लहरको सयुक्त आयोजनामा आयोजित नवरात्र भर संचालन गरिएको दुर्गापुजा कार्यक्रमको आज एक कार्यक्रमकाबीच समापन गरिएको छ । समितिका अध्यक्ष डोलनाथ चालिसेको अध्यक्षतामा भएको कार्यक्रममा एसएलसी २०७० सालमा चितवनमा सर्वोत्कृष्ठ अंक ल्याउने १ जना छात्रा सोनाम कलवार,२ जना छात्र अच्युत दुवाडी र प्रकास चौधरीलाई सम्मान गर्नुका साथै ८९ वर्षिया वृद्ध हिरण्यदेवीलाई जेष्ठ नागरीकको तर्फबाट सम्मान गरिएको छ । त्यस्तै दुर्गापुजामा मुर्ति सौजन्यकर्ता कान्छा श्रेष्ठ,प्रायोजक चुडामणी पौडेल,गोकर्ण श्रेष्ठ लगायत प्राविधिक एवंम आर्थिक सहयोग गर्ने सवैलाई सम्मानका साथै प्रमाणपत्र वितरण गरिएको थियो । कार्यक्रम रेडियो अर्पणका कार्यकारी अध्यक्ष एवंम अभियान टेलिभिजनका प्रवन्ध निर्देशक वेदप्रसाद आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो । समापन कार्यक्रममा वोल्दै प्रमुख अतिथी आचार्यले दुर्गा पुजा समारोह एवंम सम्मान कार्यक्रमले यस वकुल्लहर वजार क्षेत्रलाईनै धार्मिक स्थल वनाउनुका साथै सम्भ सुसस्कृत रहेर चाडपर्व मनाउन सामुहीक भावना जागृत गरी सवैमा सुपरम्परा स्थापित गरेको र वजारको चहलपहल वढाएको वताउनु भयो । उहाँले यस्ता कार्यक्रमले आपसी सद्भाव र भाईचाराको सुसम्वन्ध विकास हुदै संकलित रकमको सदुपयोगीता गर्दै सामाजिक उत्तरदायित्वको कार्यक्रममा लाग्न उत्प्रेरित हुने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा कोषाध्यक्ष पर्वाती पौडेलले कुल १ लाख ९१ हजार बराबरको आयव्यय विवरण प्रस्तुत गर्नु भएको थियो । किरण श्रेष्ठले संचालन गर्नु भएको कार्यक्रममा कार्यक्रम संयोजक इन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य तथा विशिष्ठ अतिथी विपिन श्रेष्ठ,स्थानिय समाजसेवी कपिलमणी पौडेल लगायतले मन्तव्य राख्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News