Winamp windows Media Player Real Player QuickTime

सरकारी अस्पतालमा विरामीको चाप

असोज ३०
चितवनको भरतपुर सरकारी अस्पतालमा विरामीको संख्या २० प्रतिशतले वढेको छ । अस्पतालका वरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारीका अनुसार चाडपर्वका समयमा खानपिनले गर्दा अरु वेलाको भन्दा २० प्रतिशतले विरामीको संख्या वढेकोे छ । चाडपर्वको समयमा वढि चिल्लो पिरो खाने,मदिरा सेवन गर्नाले,धेरै दिनको वासी खाना खानाले,धेरै दिन सम्म फ्रिजमा राखेको मासुजन्य पदार्थ सेवन गर्नाले विरामीको संख्या वढेको अधिकारीले वताउनु भयो । गम्भीर प्रकृतिका रोग नभए पनि सामान्य ज्वरो आउने,पेट दुख्ने,झाडापखला लाग्ने जस्ता रोगका उपचारका लागी विरामीहरु अस्पताल आउने गरेको उहाँको भनाई छ । यस्ता प्रकारका रोगबाट वच्नका लागी धेरै पिरो र चिल्लो नखाने,मदिरा सेवन नगर्ने,वासी खानेकुरा नखाने तथा सादा खानपानमा ध्यान दिनु पर्ने अधिकारीको सुझाव छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News