Winamp windows Media Player Real Player QuickTime

काग्रेशको चुनावी अभियान

असोज ३१
नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनले आगामी संविधान सभा चुनावको प्रचार प्रसारलाई तीव्रता दिएको छ । प्रचार प्रसार अभियान अन्र्तगत आज काग्रेश क्षेत्र नम्वर दुईले रत्ननगर ५ र पदमपुरमा कार्यक्रम गरेको छ । चुनाव आफ्नो पक्षमा पार्ने अभियानसंगै काग्रेशले रत्ननगर ५ वाघमारामा घरदैलो कार्यक्रम गरेको छ । कार्यक्रममा क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारी,पुर्व साँसद एकनाथ रानाभाट,क्षेत्रिय सभापति कुमार कार्की,वडा सभापति शिवप्रसाद आचार्य,क्षेत्रिय प्रतिनिधी लिलावती चौधरी लगायतले वोल्नु भएको थियो । साथै आजै चुनावको प्रचार प्रसारलाई व्यापकता दिन क्षेत्र नम्वर दुई काग्रेशले पदमपुरमा पार्टी कार्यालय स्थापना गरेको प्रेस सुचना तथा संचार संयोजक उत्तम आचार्यले जानकारी दिनुभयो । क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा महासमिति सदस्य डा.तीर्थ खनिया लगायतले वोल्नु भएको थियो । कार्यक्रम गाँउ कमिटि सभापति जर्नादन दहालको अध्यक्षतामा भएको थियो।  त्यस्तै काग्रेश क्षेत्र नम्वर एकले पनि चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिएको छ । क्षेत्र नम्वर काग्रेशले आज विरेन्द्रनगर घरदैलो कार्यक्रम गरेको छ । क्षेत्र नम्वर एकका उम्मेदवार राजेन्द्र वुर्लाकोटीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा क्षेत्रिय तथा गाँउस्तरका नेता कार्यकर्ताहरुको सहभागीता रहेको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News