Winamp windows Media Player Real Player QuickTime

चितवनमा काग्रेशको रणनिति

कात्तिक १
नेपाली कांग्रेसले चितवनको पाँच वटै क्षेत्रमा निर्वाचन आफ्नो पक्षमा गराउने गरि रणनितिकि तयारी गरेको  छ । नेपाल प्रेस युनियन चितवनले आज नारायणगढमा आयोजना गरेको अन्तक्रिया ककार्यक्रममा बोल्दै नेपाली कांग्रेस चितवनका सभापति टेकप्रसाद गुरुङ्गले कांग्रेसले ५ वटै क्षेत्र जित्ने गरि रणनिति तयार गरेको बताउनुभयोे ।  चुनाव प्रचार प्रसार, घरदैलो कार्यक्रम, आफ्ना मतदातालाई मतदान केन्द्र सम्म ल्याउने र मतदान गराउने योजना सहित काग्रेसले आफ्नो चुनावी रणनिति तयार पारेको पनि उहाँले जानकारी निदुभयो । उहाँले जिल्ला र क्षेत्रीय स्तरको घोषणापत्रको तयारीमा काग्रेस चितवन जुटेको जानकारी दिदै  कांग्रेसले आफ्नो घोषणा पत्र सार्वजनिक भएसगै  चुनावी प्रचार प्रसारको अन्यमाध्यम प्रयोगमा पनि जोड दिइएको वताउनुभयो ।  कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रिय प्रचार विभागका सदस्य एवं नेपाल पत्रकार महासघका पूर्व महासचिव  पोषण केसीले लोकतन्त्रको रक्षा र लोतान्त्रीक संविधान निर्माणका लागी कांग्रेसलाई जिताउनुपर्ने आवश्यकता औल्याउनुभयो । नेपाली काग्रेसका सभापति चितवन क्षेत्र नम्वर ४ वाट चुनावी मैदानमा रहेकाले यो क्षेत्र प्रति राष्ट्रिय तथा अन्तराष्ट्रिय चासो रहेको पनि उहाँले वताउनुभयो ।  चितवन क्षेत्र नम्बर एकका उम्मेदवार राजेन्द्र बुर्लाकोटीले शान्तिपूर्ण रुपमा मतदाताले मतदान गर्न पाउने वातवरण तयार गर्नसके मात्रै पनि काग्रेसको जित सुनिश्चित रहेको वताउनुभयो । क्षेत्र नम्मर दुईका उम्मेदवार शेषनाथ अधिकारीले काग्रेस एक जुट भएर चुनावी अभियानमा लागेको वताउनुभयो । चितवन क्षेत्र नम्मर ३ का उम्मेदवार भिमवहादुर श्रेष्ठले लोकतन्त्रीक सविधान निमा)णका लागि काग्रेसको जित सुनिश्चित रहेको धारणा राख्नुभयो । क्षेत्र नम्मर पाँच कि उम्मेदवार सविता बरालले आगामि संविधान सभाको निर्वाचनमा कांग्रेसको जित सुनिश्चत भएको दाबि गर्नुभयो । कार्यक्रममा नेपाली कांग्रेका सचिवद्धय जितनारायण श्रेष्ठ र  सुनिल श्रेष्ठ, प्रेस युनियनका मध्यमाञ्चल संयोजक दिपक आचार्य लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम प्रेस युनियन चितवनका अध्यक्ष वसन्त पराजुलीको अध्यक्षतामा सम्पन्न भएको हो ।
 

Local News

Political News

International News

Sports News