Winamp windows Media Player Real Player QuickTime

सालघारीमा काग्रेशको प्रचार प्रसार कार्यालय

कात्तिक १
नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनले रत्ननगर ९ सालघारीमा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । आज एक कार्यक्रमकाबीच नेपाली काग्रेश क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीले सालघारीमा प्रचार प्रसार कार्यालयको उद्घाटन गर्नुभएको हो । सो अवसरमा वोल्दै उम्मेदवार अधिकारी,पुर्व साँसद एकनाथ रानाभाट,महासमिति सदस्य डा.तीर्थ खनिया,काग्रेश नगर सभापति रुपनराज घिमिरे लगायतले क्षेत्र नम्वर दुईबाट काग्रेशलाई जिताउन त्यस क्षेत्रका कार्यकर्तालाई आग्रह गरेका थिए । वडा सभापति जीवनाथ अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा गोविन्द्र गौतमले स्वागत मन्तव्य तथा अशोक अधिकारीले कार्यक्रम संचालन गर्नुभएको थियो । साथै आजै रत्ननगर ९ सालघारीमा वडा प्रचार प्रसार समिति समेत गठन गरिएको क्षेत्र नम्वर दुईका प्रेस सुचना तथा संचार संयोजक उत्तम आचार्यले जानकारी दिनुभयो ।
 

Local News

Political News

International News

Sports News