Winamp windows Media Player Real Player QuickTime

अमिक शेरचनको भनाई

कात्तिक १ -
एकिकृत नेकपा माओवादिका नेता अमिक शेरचनले पहिचान
सहितको संघियताको विषयमा सहमति जुट्न नसक्दा तोकिएको समयमा संविधान
जारी गर्न नसकेको वताउनु भयो । एकिकृत नेकपा माओवादि क्षेत्र नम्वर ५ ले
मेघौलीमा आयोजना गरेको प्रचार प्रशार तथा घरदैलो कार्यक्रम पछि आयोजित
कोण सभालाई सम्वोधन गर्दै यस्तो वताउनु भएको हो । नेपाली काग्रेस र
नेकपा एमालेको आन्तरीक द्धन्द्धका कारण पहिचान सहितको संघियतामा सहमति
नजुटेको भन्दै उहाले अव एकिकृत नेकपा माओवादीले वहुमत प्राप्त गरेको
खण्डमा मात्रै जनपक्षिय संविधान जारी हुने ठोकुवा गर्नु भयो । कार्यक्रममा
तोकिएको समयमा संविधान जारी नगरेको भन्दै जनताले आक्रोस पोखेका थिए ।
जनताको संविधान निर्माण गर्न जनताले फेरि पनि एमाओवादीलाई जिताउने
उहाको विश्वास समेत सो अवसरमा राख्नु भएको थियो ।  यस्तै एकिकृत नेकपा
माओवादि अयोध्यापुरी गाउ कमिटि माडिले आज घरदैलो अभियान सम्पन्न गरेको
छ ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News