Winamp windows Media Player Real Player QuickTime

वर्ड एजुकेशन सोसाईटीमा विडारी

कार्तिक २ गते
वर्ड एजुकेशन सोसाईटी सौराहा चितवनको अध्यक्षमा वासु विडारी चयन हुनु भएको छ । सोसाईटीको आज भएको १६ औं वार्षिक साधारण सभा तथा आठौ अधिवेशनले विडारीको अध्यक्षतामा ७ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । कार्यसमितिको उपाध्यक्षमा टेकवहादुर गुरुङ,सचिवमा मनोजकुमार चौधरी,सहसचिवमा कृष्ण परियार,कोषाध्यक्षमा सुन्दर अधिकारी चयन भएका छन् । त्यस्तै सदस्यहरुमा इश्वर कडेंल र विजयी गिरी रहेका छन् । वर्ड एजुकेशन सोसाईटी चराको अवस्था,संरक्षण लगायतका काम गर्ने संस्था हो ।  यसैबीच चराको संरक्षण र अनुसन्धानमा उल्लेख्य भुमिका निर्वाह गरे वापत सोसाईटीका अध्यक्ष वासु विडारीले  वर्ड कन्जरभेसन अवार्ड प्राप्त गर्नु भएको छ । कार्यक्रमका प्रमुख अतिथी वर्ड एजुकेसन सोसाईटीका मानार्थ सदस्य कपिल पोखरेलले सो अवार्ड विडारीलाई प्रदान गर्नु भएको हो । सो अवार्ड हरेक दुई दुई वर्षमा प्रदान गरिन्छ । सोसाईटीका अध्यक्ष गोविन्द अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा सुन्दर अधिकारीले स्वागत मन्तव्य राख्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News