Winamp windows Media Player Real Player QuickTime

काग्रेशद्धारा स्वतन्त्र उम्मेदवारी दिनेलाई कारवाही

कात्तिक २
नेपाली कांग्रेस चितवनले आफ्ना उम्ेदवारका विरुद्धमा स्वतन्त्र वा अन्य पार्टीवाट उम्मेदवारी दिने नेता तथा कार्यकर्तालाई कारवाही गरेको छ । काग्रेसको आज बसेको बैठकले आधिकारीक उम्मेद्धवार विरुद्धका उम्मेदवार र तिनका प्रस्तावक र अन्य पार्टीबाट उम्मेद्धवार दिने आफ्ना कार्यकर्ताहरुलाई साधारण सदस्य समेत नरहने गरि निष्कासन गरि कारवाही गरिएको हो ।
चितवन क्षेत्र नम्मर ४ का उम्मेदवार काग्रेस सभापति शुशिल कोइरालाका विरुद्धमा स्वतन्त्र उम्मेदवारी दिने पार्टीका पूर्व सभापति विकास कोईराला र तिनका प्रस्तावक नेपाल विद्यार्थी संघ चितवनका उपाध्यक्ष प्रकाश अधिकारीलाइ पार्टीले निश्काशन गरेको काग्रेस चितवनका सचिव सुनिल श्रेष्ठले वताउनुभयो ।
यस्तै अन्य पार्टिबाट उम्मेदवारी दिने स्वाभिमान नेपालका ध्रुवराज मिश्र, थरुहटका टिकेन्द्र चौधरी र फोरम लोकतान्त्रीका निरु काकीलाई पनि कांग्रेसले निष्कासन गरेको छ । मिश्र र कार्की तिन नम्बर, र चौधरी १ नम्बरका उम्मेदवार हुन् । यस्तै बैठकले पार्टिका आधिकारी उम्मेदवारको पक्षमा सक्रिय ढङ्गबाट लाग्न सबै नेता कार्यकर्ताहरुमा आग्रह गरेको छ । स्वतन्त्र तथा अरु पार्टीको प्रचार प्रसारको समर्थनमा लागेका जोकोहि नेता कार्यक्र्तालाई पार्टले कार्बाहि गर्ने चेतावनी पनि बैठकले दिएको छ । यस्तै बैठकले पार्टि सभापति टेकप्रसाद गुरुङ्गको संयोजकत्वमा एक हजार १ सदस्यीय मुल प्रचार समिति, पुर्व सभापति रामकृष्ण घिमिरेको संयोजकत्वमा ७ सदस्यीय जिल्लास्तरीय घोषणापत्र निर्माण समिति, एवं सचिव जितनारायण श्रेष्ठको संयोजकत्वमा आचारसंहिता कार्यान्वयन र अनुगमन समिति गठन गरिएको छ । यस्तै अर्का सचिव सुनिल श्रेष्ठको संयोजकत्वमा प्रशासन ंसमन्वय समिति, कोषाध्यक्ष शुरविर पौख्रेलको संयोजकत्वमा आर्थीक समिति गठन गरेको छ ।  
 
 

  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News