Winamp windows Media Player Real Player QuickTime

एक आना जग्गा किन्दैमा स्थानिय हुदैन – आहुती

कार्तिक ३ गते
एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुई चितवनले पुर्वी चितवनको रत्ननगरमा चुनाव प्रचार सम्र्पक कार्यालय स्थापना गरेको छ । रत्ननगर १ मा स्थापना गरेको सम्र्पक कार्यालयको एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुईका उम्मेदवार विश्वभक्त दुलाल आहुतीले उद्घाटन गर्नुभयो । उद्घाटन कार्यक्रमलाई सम्वोधन गर्दै ताम्सालिङ राज्य समिति इन्चार्ज समेत रहेका नेता आहुतीले वर्वादीतिर गईरहेको देशलाई कसरी जोगाउन सकिन्छ भन्ने चिन्ता एमाओवादीलाई मात्र रहेको वताउनु भयो । देशलाई जोगाउन माओवादी मात्र समक्ष पार्टी रहेको भन्दै उहाँले आगामी संविधान सभाको निर्वाचन माओवादीलाई साँगेको दिन रहेको वताउनु भयो । नेता आहुतीले स्थानियस्तरमा एक  आना जग्गा किन्दैमा स्थानियनहने भन्दै राष्ट्रियताको चिन्ता लिने जो कोही व्यक्ती स्थानिय हुने वताउनु भयो । सम्र्पक कार्यालय स्थापनासंगै क्षेत्र नम्वर दुईमा आजदेखि औपचारिक रुपमा चुनावी प्रचारप्रसार सुरुभएको आहुतीले घोषणा गर्नुभयो  ।  कार्यक्रममा नेकपा माओवादी राज्य समिति सदस्य गोविन्दपौडेल पिताम्वर नेकपा माओवादी परित्याग गरि एकिकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको थियो । पार्टी प्रवेश गर्दै पौडेलले नेकपा माओवादी आत्मघाती पार्टी भएकाले आफु एकिकृत नेकपा माओवादीमा प्रवेश गरेको वताउनु भयो । सो अवसरमा जनस्वमय सेवक शक्तीखोरका उपाध्यक्ष असिम ढुङ्गाना पनि एकिकृत नेकपा माओवादीमा प्रवेश गर्नु भएको थियो ।
 

  • Program on air
  • Program Name: CIN साझा खवर
  • Program Host:
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host:
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News