Winamp windows Media Player Real Player QuickTime

डाक्टरको लापरवाहीले सुत्केरी महिलाको मृत्यु

कार्तिक ३ गते
चिकित्सकको लापरवाहीका कारण चितवनको भरतपुरमा आज एक सुत्केरी महिलाको ज्यान गएको  छ । पुर्वी चितवन जुटपानी १ निवासी ३० वर्षिया कोपिला गिरीको सल्यक्रियाका क्रममा चिकित्सकको लापरवाहीले गर्दा ज्यान गएको गिरीका दाजु रोसन पुरीले वताउनु भयो । भरतपुर सरकारी अस्पतालमा सुत्केरी गराउन लगिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि गिरीलाई भरतपुर सामुदायिक अस्पताल रिफर गरिएको थियो । भरतपुरमा सामुदायिक अस्पतालमा आईसियु नभएका कारण पुन सरकारी अस्पताल लैजाने क्रममा गिरीको मृत्यु भएको पुरीको भनाई छ । गिरीको उपचारमा डा सुनिल मणी पोखरेलको टोली सलग्न थियो । यता अस्पतालले भने सुत्केरी गिरीको रक्तश्रावका कारण मृत्यु भएको वताएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिनुभयो । गिरीको मृत्यु पश्चात भरतपुर सामुदायिक अस्पताल अगाडी पिडित परिवार तथा आफन्तले प्रर्दशन गरेका छन् । उनीहरुले जन्मिएको वच्चाको जिम्मा लिनु पर्ने,उचित क्षतिपुर्ती दिनु पर्ने,उपचारमा सलग्न डाक्टरको लाईसेन्स खारेजी गर्नु पर्ने माग गर्दै प्रर्दशन गरेका हुन् ।   
 

Local News

Political News

International News

Sports News