Winamp windows Media Player Real Player QuickTime

काग्रेशको चुनावी प्रचार प्रसार अभियान तीव्र

कार्तिक ४ गते
नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनले संविधान सभा निर्वाचनको प्रचार प्रसारलाई तीव्रता दिएको छ । प्रचार प्रसार अन्र्तगत क्षेत्र नम्वर दुईले आज चितवनको पहाडी गाविस सिद्धी र शक्तिखोरमा निर्वाचन प्रचार प्रसार कार्यालयको स्थापना तथा कोण सभा गरेको छ । सिद्धी र शक्तिखोरमा स्थापना गरीएको प्रचार प्रसार कार्यालयको क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीले उद्घाटन गर्नु भएको हो । सो समारोहलाई सम्वोधन उम्मेदवार अधिकारीले शक्तिखोर र सिद्धीको  विकासका लागी नेपाली काग्रेश प्रतिवद्ध रहेको वताउनु भयो । साथै सिद्धी गाविसलाई नुमना गाविस वनाउने अभियान रोकिएको भन्दै त्यसलाई मुर्तरुप दिएरै छाड्ने उहाँले वताउनु भयो । आगामी संविधान सभाको निर्वाचनबाट लोकतन्त्रको स्थापना र यस क्षेत्रको भौतिक विकासका लागी आफ्नो भुमिका  सक्रिय रहने उम्मेदवार अधिकारीले वताउनु भयो । कार्यक्रममा वोल्ने अन्य जिल्ला तथा क्षेत्रिय स्तरका नेताहरुले काग्रेश प्रति जनलहर वढरहेकाले चुनावमा जीत सुनिश्चीत रहेको वताएका थिए । उनीहरुले संविधान सभाको निर्वाचनमा वहुमत नआए स्थानिय निकायको चुनावलाई समेत असर गर्ने भएकाले काग्रेशलाई  जिताउने अभियानका साथ परिचालीत हुन कार्यकर्ताहरुलाई आग्रह गरेका थिए । सिद्धी र शक्तिखोर गाविसमा भएको कार्यक्रममा पुर्वसाँसद एकनाथ रानाभाट,महाधिवेशन प्रतिनिधी गीता देवकोटा,कमल आचार्य,काग्रेश जिल्ला सचिवद्धय जीतनारायण श्रेष्ठ र सुनिल श्रेष्ठ,क्षेत्रिय सभापति कुमार कार्की,काग्रेश जिल्ला सदस्यहरु महेन्द्र प्रर्जा,नेमराज पौडेल,नगर सभापति रुपनराज घिमिरे,क्षेत्रिय प्रवक्ता निता ढकाल,दिनेश चेपाङ  लगायतले वोलेका थिए । सिद्धीमा भएको कार्यक्रम काग्रेश गाँउ कमिटि सभापति टेकवहादुर गुरुङ तथा शक्तिखोरमा भएको कार्यक्रम शक्तिखोर सभापति  विरवहादुर थापाको अध्यक्षतामा भएको थियो । यसैबीच नेपाली काग्रेशले भोलीदेखि रत्ननगरमा घरदैलो अभियान संचालन गर्ने संचार संयोजक उत्तम आचार्यले जानकारी दिनुभयो । भोली रत्ननगर ५ बाट घरदैलो अभियान सुरु गर्ने उहाँले वताउनु भयो । यस अघि रत्ननगरका सम्र्पुण वडामा प्रचार प्रसार कार्यालय स्थापना गरिसकेको छ ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News