Winamp windows Media Player Real Player QuickTime

माओवादीको पनि तीव्र

कार्तिक ४ गते
एकिकृत नेकपा माओवादी क्ष्ँेत्र नम्वर दुई चितवनले आज पिठुवामा चुनाव प्रचार प्रसार कार्यालय स्थापना गरेको छ । सोही अवसरमा पिठुवामा भएको भेलाले एकिकृत नेकपा माओवादी पिठुवा गाँउ कमिटि अध्यक्ष रमेश लामिछानेको अध्यक्षतामा १ हजार २ सदस्यीय प्रचार प्रसार समिति पनि गठन गरेको छ । मुल समिति अन्र्तगत विभिन्न ५ वटा उपसमिति पनि गठन गरिएको प्रचार प्रसार समिति संयोजक संगीता भट्टराईले जानकारी दिनुभयो । पिठुवामा भएको भेलालाई सम्वोधन गर्दै दुई नम्वर क्षेत्रका उम्मेदवार विश्वभक्त दुलाल आहुतीले देशको जिम्मा माओवादीले लिन तयार रहेको भन्दै फेरी पनि एक पटक माओवादीलाई अत्याधिक मतले विजयी गराउन आग्रह गर्नु भएको थियो । संघीयता र प्रदेशका विषयमा कुरा नमिलेकाले अघिल्लो संविधान सभाले संविधान दिन नसकेको भन्दै नेता आहुतीले आगामी संविधान सभाले भने जनताले चाहेको संविधान पाउने दावी गर्नुभयो । यसैबीच आजै शक्तिखोर गाविसमा पनि एकिकृत नेकपा माओवादीले प्रचार प्रसार कार्यालयको स्थापना गरेको प्रचार प्रसार समिति संयोजक भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा नेकपा एमालेका विक्रम गुरुङको नेतृत्वमा ४० जना एकिकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए ।  
 

  • Program on air
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News