Winamp windows Media Player Real Player QuickTime

वसको ठक्करबाट साईकल यात्रीको मृत्यु

कार्तिक ५ गते
पुर्वी चितवनको चैनपुर १ तरकारीचोकमा वसको ठक्करबाट एक साईकल यात्रीको मृत्यु भएको छ । पुर्वबाट पश्चिम तर्फ आउँदै गरेको ना ४ ख ५०९ नम्बरको मितेरी बसले पुर्वपश्चिम राजमार्ग अन्र्तगत तरकारीचोकमा दिउसो एक वजेतिर ठक्कर दिदा अन्दाजी ३५÷४० वर्षिय साईकल यात्रीको ज्यान गएको प्रहरीले जनाएको छ । मृतक पुरुष व्यक्ति रहेको र उनको सनाखत हुन नसकेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रवक्ता एवंम प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । ठक्कर दिने वस र चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।
 

  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News