Winamp windows Media Player Real Player QuickTime

एनेकपा माओवादी क्षेत्र नम्वर २ द्धारा घरदैलो कार्यक्रमलाई तिव्रता

कात्तिक ५
पहिचान सहितको संघियता, संघियता सहितको संविधान, सविधान सभाबाट
जनसंविधान हाम्रो अभियान भन्ने मुल नाराका साथ एकीकृत नेकपा माओवादी
क्षेत्र २ ले पूर्वि चितवनमा आफ्नो घरदैलो कार्यक्रम र भेटघाटलाई तिव्रता
दिएको छ ।    अभियान अन्तरगत आज एमाओवादीका रत्ननगर कमिटीका सवै सवै वडाहरुमा घरदैलो अभियान सुरुवात गरेको छ । वडा नम्वर ९ सालघारीमा वडा कार्यालयको उद्घाटन गर्दै चुनावि प्रचार प्रसारको घरदैलो अभियान सुरुवात एनेकपा
माओवदीका केन्द्रिय सदस्य एवम् क्षेत्र नम्वर २ का उमेद्वार विश्वभक्त दुलालले
गर्नु भएको थियो ।  उद्घाटन गर्दै तामसालिङ् राज्य समिति इन्चार्ज समेत रहेका दुलालले सविधान निमार्ण गर्नु अरु पाटी संग कुनै एजेन्डा नभएको एमाओवादी संग स्पष्ट एजेन्डा लिएर जनताको घरदैलोमा आएको बताउनु भयो । एमालेले हारेका नेतालाई जिताउन नेतालाई लिएर अगाडि बढेको छ उहाँले भन्नु भयो, कागे्रश चाहि
आफ्ना कार्यकर्ताले आफ्नै कार्यकतालाई हराउने निती लिएको छ त्यस कारण
सविधान बनाउनको लागि  एनेकपा माओवादीको मात्र स्पष्ट एजेण्डा भएकाले
एमाओवादीका नेतालाई भोट गरि जितानउ जनता संग आग्रह गर्नु भयो ।
उहाँले फेरी पारस र ज्ञानेन्द्र जस्ता राजावादीलाई आउन नदिन समेत अनुरोध
गर्नु भयो ।   आज देखि सुरु भएकाृ घरदैलो चुनावि प्रचार प्रसार अभियान अन्तरगत
उमेद्वार दुलालले घर घर मा गई एकीकृत नेकपा माओवादीका एजेण्डा र
जनताको भावना संग अन्तर क्रिया लिएको क्षेत्र नम्वर २ का प्रसार प्रचार समितीका
संयोजक संगिता भट्टराईले जानकारी दिनुभयो । सो अभियानमा वडा नम्वर ९ र
१२ को वडा कार्यालय उद्घाटन गरेका छन् भने अन्य वडाहरुको कार्यालयहरु पनि
उद्घाट्न गर्दै जाने संयोजक भट्टराईले बताउनु भयो । एकीकृत नेकपा
माओवादीका जिल्ला सदस्य रमेश रेग्मि अमर र एनेकपा माओवादीका राज्य
समिति सदस्य हुतराज पन्त ,क्षेत्र २ का संयोजक विष्णु हरी तिमलसिना लगाएतका
नेता कार्यकर्ता सहभागि रहेका थिए ।
 

  • Program on air
  • Program Name: मेरो देश मेरो गौरव
  • Program Host: शुसिल
  • Time duration: 08:05 AM-09:00 AM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 09:00 AM-09:15 AM

Local News

Political News

International News

Sports News