Winamp windows Media Player Real Player QuickTime

२८६ जना काग्रेशमा प्रवेश

कार्तिक ५ गते
धु्रवराज खनाल
संविधान सभाको निर्वाचन नजिकिदै गर्दा नेपाली कांग्रेस क्षेत्र नम्वर १ चितवनमा जनलहर वढ्ने क्रमले तीव्रता पाएको छ । चुनावी प्रचार प्रसार अन्र्तगत क्षेत्र नम्वर एकमा आज एकै दिनमा विभिन्न पार्टी परित्याग गरी करिव ३ सय सक्रिय कार्यकर्ता काग्रेशमा प्रवेश गरेका छन् । भण्डारामा जारी घरदैलो कार्यक्रमका अवसरमा वडा नम्वर ४,५,८ र ९ वडाबाट २ सय ८६ जना अन्य पार्टीका कार्यकर्ता काग्रेशमा प्रवेश गरेको नेपाली काग्रेश क्षेत्र नम्वर एक चितवनका क्षेत्रीय सभापति राजु सिलवालले जानकारी दिनुभयो । काग्रेश प्रवेश गर्नेहरुमा अधिकांस एमाले र वाँकी एकिकृत नेकपा माओवादीका कार्यकर्ता रहेको सिलवालले वताउनु भयो । भण्डारा–९, निवासी एमालेकी ओममाया पोखरेलको ४ घरपरिवारबाट १५ जना नेपाली काग्रेसमा प्रवेश गरेको क्षेत्र नम्वर दुई काग्रेशले जनाएको छ ।  नेपाली काँग्रेसमा प्रवेश गर्नेहरुलाई काग्रेस क्षेत्र नं. १ का उम्मेदवार राजेन्द्रप्रसाद बुर्लाकोटी, नेपाली काँग्रेस जिल्ला उपसभापति बलराम धरेल, गाउँ कमिटी सभापति नारायण उप्रेतीले टिका, माला र खादा लगाएर स्वागत गरेका  थिए ।  सोमवार देखि भण्डारामा घरदैलो अभियान संचालन भईरहेको छ । घरदैलो कार्यक्रममा क्षेत्र नम्वर एकका उम्मेदवार राजेन्द्रप्रसाद वुर्लाकोटी,महासमिति सदस्य गोपाल पाण्डे,राजेन्द्र चौधरी,भीमप्रसाद थपलिया,सुशिला उप्रेती,महाधिवेशन प्रतिनिधी कमला श्रेष्ठ,रामेश्वर ओली,क्षेत्रिय प्रतिनिधी अनिता मैनाली,कुमार गुरुङ,काग्रेश जिल्ला सदस्य विष्णु क्षेत्री,नेविसंघ क्षेत्रीय सभापति सुदिप ओली, लगायतका करिव ३ सय नेता कार्यकर्ताको उपस्थिती रहेको छ । घरदैलो अभियानका क्रममा घरमा नभेटेकाहरुलाई उम्मेदवार वुर्लाकोटीले खेतमानै गएर आगामी चुनावमा जिताउन आग्रह गर्नु भएको छ । साथै उहाँले जनताको घरघरमा पुगेका जनताको समस्या र गुनासाहरु पनि सुन्ने गरेको क्षेत्रिय कार्यालयले जनाएको छ ।  यसैबीच  नेपाली कंग्रेस क्षेत्र नंम्वर २ चितवनले आजदेखि रत्ननगरमा घरदैलो कार्यक्रम सुरु गरेको छ । चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत आज रत्ननगर ५ र ६ मा घरदैलो कार्यक्रम गरेको हो । घरदैलो कार्यक्रममा क्षेत्र नं. २ का उम्मेदवार शेषनाथ अधिकारी, पूर्व सांसद एकनाथ रानाभाट, क्षेत्रीय सभापति कुमार कार्की, नगर सभापति रुपनराज घिमिरे लगायत सयौं नेता, कार्यकर्ताको  उत्साहजनक सहभागिता रहेको संचार संयोजक उत्तम आचार्यले बताउनुभयो ।  
 
 

Local News

Political News

International News

Sports News