Winamp windows Media Player Real Player QuickTime

मालेका उम्मेदवार संग अन्र्तक्रिया

कात्तिक ५
नेकपा मालेको चुनावी एजेण्डा बुझ्न पूर्वी चितवन पत्रकार मञ्चले आज रत्ननगरमा पाँचवटै निर्वाचन क्षेत्रका उम्मेदवारहरु संग अन्र्तक्रिया गरेको छ । कार्यक्रममा वोल्दै मालेका उम्मेदवारहरुले आफ्नो पार्टीले निर्वाचन जिते जिल्लाको आर्थिक तथा सामाजिक विकास गर्ने प्रतिबद्धता जनाएका थिए । जिल्लालाई संमृद्ध बनाउने कतिपय योजनाहरु अझै पनि अलपत्र रहेको भन्दै उनीहरुले निर्वाचन जिते अलपत्र योजनाहरुलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका थिए । कार्यक्रममा नेकपा मालेका केन्द्रीय सदस्य एवम् चितवन क्षेत्र नम्वर १ का उम्मेदवार परशुराम लामिछानेले मालेले चुनाव जिते आर्थिक एजेण्डाहरु संग जोडिएका विषयहरुलाई विस्तार गरी जिल्लालाई संमृद्धितिर लैजाने बताउनु भयो । ठुला दलहरुले चुनाव जिते पनि जिल्लाका विकासमा ठोस काम गर्न नसकेको भन्दै उहाँले अब सान पार्टीलाई जनताले विश्वस गर्ने बताउनु भयो । चितवन क्षेत्र नम्वर २ का उम्मेदवार तबहादुर विश्वकर्माले तीन दल प्रति जनतालाई जनताले विश्वास गर्न छाडेकाले अबको निर्वाचनमा मालेलाई जनताले शक्तिमा पु¥याउने दावी गर्नुभयो । उहाँले आफुले निर्वाचन जिते समग्र जिल्लाको विकासमा ध्यान केन्द्रित गर्ने बताउनु भयो । पूर्वी चितवन पत्रकार मञ्चका अध्यक्ष होमनाथ सापकोटाको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्र नम्वर ३ का उम्मेदवार सन्तोष श्रेष्ठ, ४ का उम्मेदवार ओमप्रकास गौतम, ५ का उम्मेलवार चन्द्रनाथ खनाल, मालेकी पोलिट व्यूरो सदस्य भगवती घिमिरे, निर्वाचन परिचालन समितिका संयोजक खोमकान्त रेग्मी, प्रचार प्रसार समितिका उप संयोजक तथा रत्ननगर नगर कमिटीका सचिव रामहरि लम्साल लगायतले पार्टीको एजेण्डामा केन्द्रीत भएर मन्तब्य राख्नुभएको थियो ।
 

Local News

Political News

International News

Sports News