Winamp windows Media Player Real Player QuickTime

चितवन टुक्रयाउनेको औँलो काटिन्छ– उप्रेती

कार्तिक ६ गते
सद्भावना पार्टीले चितवनको क्षेत्र नम्वर दुई अन्र्तगत रत्ननगरमा आज क्षेत्रिय पार्टी कार्यालय स्थापना गरेको छ । आगामी संविधान सभाको निर्वाचनलाई केन्द्रित गरेर सद्भावना पार्टीले रत्ननगर १ वकुल्लहरमा पार्टी कार्यालय स्थापना गरेको हो । पार्टी कार्यालयको सद्भावनाका केन्द्रिय सहमहामन्त्री अर्जुन उप्रेतीले उद्घाटन गर्नुभयो । पार्टी कार्यालय उद्घाटन पछि कार्यक्रमलाई सम्वोधन गर्दै सहमहामन्त्री उप्रेतीले आफ्नो पार्टीले झुटो आश्वासन नदिने भन्दै झुटो आश्वासन दिने पार्टीको पछि नलाग्न आग्रह गर्नुभयो । चितवनलाई टुक्र्याउने आवाज उठिरहेका वेला उहाँले आफ्नै पार्टी अध्यक्षलेनै त्यस्ता अभिव्यक्ती दिए जो कोहीको पनि औला काट्ने चेतावनी दिनुभयो । त्यस्तै सद्भावनाकी केन्द्रिय सदस्य इन्दु तिवारीले आफ्नो पार्टीले निर्वाचन जिते शीपमुलक कार्यक्रम ल्याएर वेरोजगार युवाहरुलाई रोजगारीको सृजना गर्ने वताउनु भयो । कार्यक्रममा चितवनका सद्भावना तर्फका उम्मेदवारहरुको पनि सहभागीता रहेको थियो । क्षेत्र नम्वर दुईका उम्मेदवार रविलाल भट्टले पार्टी कार्यालय स्थापनासंगै चुनावी प्रचार प्रसार अभियानलाई तीव्रता दिने जानकारी दिनुभयो । पार्टी कार्यालय स्थापना अघि रत्ननगर लगायत विभिन्न क्षेत्रमा र्याली समेत निकालिएको थियो ।
 

  • Program on air
  • Program Name: Khulduli Dot Com
  • Program Host: Radio Audio
  • Time duration: 10:15 PM-11:00 PM
  • Next Program
  • Program Name: Station Closure
  • Program Host: ::::::::::::::::::::::::::
  • Time duration: 11:00 PM-11:05 PM

Local News

Political News

International News

Sports News