Winamp windows Media Player Real Player QuickTime

म्यादी प्रहरी भन्छन् – खाना काँचो,शौचालय नहुँदा समस्या

कार्तिक ६ गते
संविधान सभाको निर्वाचनका लागी पुर्वी चितवनको रत्ननगरमा खटिन आएका म्यादी प्रहरीहरुले खान,वस्न र शौचालय नहुँदा आफुहरुलाई समस्या परेको वताएका छन् । मकवानपुर जिल्लाबाट संगै आएका साथीहरुले चितवनकै अन्य ठाँउमा पाएको राम्रो सुविधा प्रति रत्ननगरमा रहेका म्यादी प्रहरीहरुले भने त्यस्तो नभएको भन्दै गुनासो गरेका हुन् । रत्ननगरमा रहेका प्रहरीहरुले खाना काँचो खानु परेको,शौचालयको व्यवस्था नभएको ,विद्युत र खानेपानीको सुविधा नभएको उनीहरुको भनाई छ । मकवानपुरबाट म्यादी प्रहरीमा छनौट भई रत्ननगरका आएका मकवानपुर छतिवनका प्रितम गुरुङले खाना काँचो खानु परेको र शौचालयको व्यवस्था नहुँदा आफुहरुलाई समस्या परेको वताउनु भयो । रत्ननगरमा रहेका म्यादी प्रहरीहरु अहिले वकुल्लहर माविको नवनिर्मित भवनमा वस्दै आएका छन् । जहाँ खानेपानी र शौचालयको निर्माण भईरसकेको छैन । उनीहरुलाई खानाको लागी भने रत्ननगरकै एक क्याटरिङले जिम्मा लिएको छ । यता इलाका प्रहरी कार्यालयले भने एक दुई दिनमै सवै सुविधा हुने वताएको छ । रत्ननगरमा अहिले १ सय ५० जना म्यादी प्रहरी मकवानपुर जिल्लाबाट आएका छन् ।
 

  • Program on air
  • Program Name: Arpan Khabar
  • Program Host: News Depart
  • Time duration: 01:00 PM-01:10 PM
  • Next Program
  • Program Name: Arpan Ko Chautari
  • Program Host: Dipendra / Rajan
  • Time duration: 01:10 PM-02:00 PM

Local News

Political News

International News

Sports News