Winamp windows Media Player Real Player QuickTime

नेपाली काग्रेशमा जनलहर वढ्दै

कार्तिक ८ गते
नेपाली काग्रेश क्षेत्र नम्वर दुई अन्र्तगत जुटपानी र पदमपुरबाट आज ६२ जना अन्य पार्टीका कार्यकर्ता काग्रेशमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारी,पुर्वसाँसद एकनाथ रानाभाट,क्षेत्रिय सभापति कुमार कार्कीले टिका,खादा र पार्टीको झण्डा हस्तान्तरण गर्दै पार्टी प्रवेश गराएका थिए । जुटपानी ७ सुर्यपुरमा भएको पार्टी प्रवेश कार्यक्रम पछि कार्यकर्तालाई सम्वोधन गर्दै उम्मेदवार अधिकारीले युवाहरुको भविष्य काग्रेशमा रहेको भन्दै युवाहरुको रोजगारी र स्वदेशमै रहेर काम गर्ने वातावरण वनाउन काग्रेश प्रतिवद्ध रहेको वताउनु भयो । उहाँले लोकतन्त्रलाई वलियो वनाउन पनि आगामी संविधान सभाको चुनावमा काग्रेशको जीत आवश्यक रहेको   वताउनु भयो । पार्टी प्रवेश गर्नेहरुमा जुटपानी  ७ बाट २५,वडा नम्वर ८ र ९ बाट ३५ तथा पदमपुरबाट २ जना एमाओवादी र एमालेका कार्यकर्ताहरु काग्रेशमा प्रवेश गरेको गाँउ कमिटि सचिव राजु श्रेष्ठले जानकारी दिनुभयो । पार्टी प्रवेश कार्यक्रम वडा सभापति राम घिसिङको अध्यक्षतामा भएको थियो । यस्तै नेपाली काग्रेश क्षेत्र नम्वर दुईले आज रत्ननगर १० जिरौनामा घरदैलो कार्यक्रम गरेको छ । घरदैलोमा क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारी लगायत सयौ कार्यकर्ताको सहभागीता रहेको थियो । यसैबीच नेपाली काग्रेश क्षेत्र नम्वर १ ले आज पुर्वी चितवनको कठार गाविस वडा नम्वर ७ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । यस अघि वडा नम्वर १,२,३,४ र ९ मा घरदैलो कार्यक्रम सम्पन्न गरेको काग्रेशले ५,६ र ८ नम्वर वडामा घरदैलो गर्दैछ । घरदैलो कार्यक्रममा महासमिति सदस्यहरु भीमप्रसाद थपलिया,सुसिला उप्रेती ,कमला श्रेष्ठ,क्षेत्रिय प्रतिनिधी अनिता मैनाली,गाँउ कमिटि सभापति दुतवहादुर गुरुङ लगायतका सयौ कार्यकर्ताको सहभागीता रहेको छ ।
 

  • Program on air
  • Program Name: mix मसला
  • Program Host:
  • Time duration: 03:15 PM-04:00 PM
  • Next Program
  • Program Name: अर्पण खवर
  • Program Host:
  • Time duration: 04:00 PM-04:10 PM

Local News

Political News

International News

Sports News