Winamp windows Media Player Real Player QuickTime

एकिकृत नेकपा माओवादी सुकुम्वासी समस्या वुझ्दै

कार्तिक ८
एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुईले संविधान सभाको निर्वाचनको प्रचार प्रसारलाई तीव्रता दिएको छ । प्रचार प्रसार अन्र्तगत आज चितवनको विकट गाविस सिद्धीमा घरदैलो कार्यक्रमका साथै पार्टी कार्यालयको स्थापना गरेको छ । क्षेत्र नम्वर दुईका उम्मेदवार विश्वभक्त दुलाल आहुतीले सिद्धीमा पार्टी कार्यालयको उद्घाटन गर्नुका साथै घरदैलो कार्यक्रममा सहभागी हुनु भयो । सिद्धी गाविसपछि आजै एकिकृत नेकपा माओवादीले पदमपुर गाविसमा कोण सभा एवंम अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । एमाओवादीले पदमपुरमा सुकुम्वासी वस्तीलाई लक्षित गर्दै घरदैलो र अन्तरक्रिया कार्यक्रम गरेको छ । माओवादीले पदमपुरको दुई सय विगाहामा रहेका सुकुम्वासी वस्तीमा पुगेर त्यहाँ जनताहरुको समस्या वुझ्ने काम गरेको एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुईका प्रचार प्रसार संयोजक संगीता भट्टराईले जानकारी दिनुभयो । सो अवसरमा त्यहाँका सुकुम्वासीहरुले विभिन्न दलका नेताहरु भोट माग्न आउने क्रममा आश्वासन मात्र पाएको भन्दै घरजग्गा पुर्जा उपलव्ध गराउन माग गरेका थिए । घरदैलो कार्यक्रममा क्षेत्रिय संयोजक विष्णुहरी तिमल्सीना,सहसंयोजक संगीता भट्टराई लगायतका नेता कार्यकर्ता सहभागी छन् ।
 

  • Program on air
  • Program Name: Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 06:00 AM-06:30 AM
  • Next Program
  • Program Name: Bani Bahas
  • Program Host: Rishi Dhamala
  • Time duration: 06:30 AM-07:00 AM

Local News

Political News

International News

Sports News