Winamp windows Media Player Real Player QuickTime

जुटपानीमा काग्रेश मोटरसाईकल र्याली

कार्तिक ९ गते
नेपाली काग्रेश गाँउ कमिटि जुटपानीको आयोजनामा आज वृहत मोटरसाईकल र्याली सम्पन्न भएको छ । संविधान सभाको चुनावको प्रचार प्रसार अन्र्तगत मोटरसाईकल र्यालि निकालिएको काग्रेश गाँउ कमिटिले जनाएको छ । खोलेसिमल वजारमा रहेको पार्टी कार्यालयबाट सुरु भएको र्यालीले जुटपानी गाविसका ९ वटै वडा परिक्रमा गरी पुन पार्टी कार्यालयमा आएर समापन भएको थियो । र्यालीको नेपाली काग्रेश क्षेत्र नम्वर दुईका प्रत्यक्ष तर्फका उम्मेदवार शेषनाथ अधिकारीले उद्घाटन गर्नु भएको थियो । र्यालीमा करिव ५ सय वटा मोटरसाईकलमा नेता कार्यकर्ताको सहभागीता रहेको नेपाली काग्रेश गाँउ कमिटि सचिव राजु श्रेष्ठले जानकारी दिनुभयो । र्याली अघि भएको औपचारीक कार्यक्रम गाँउ कमिटिका सभापति कृष्णवहादुर घिमिरेको अध्यक्षतामा भएको थियो । यस्तै आजै नेपाली काग्रेश गाँउ कमिटी चैनपुरले पनि वृहत मोटरसाईकल र्याली निकालेको छ ।  


  • Program on air
  • Program Name: अर्पण बुलेटिन
  • Program Host:
  • Time duration: 05:00 PM-05:25 PM
  • Next Program
  • Program Name: मध्यवर्ती आवाज
  • Program Host: महेश पाण्डे
  • Time duration: 05:30 PM-06:00 PM

Local News

Political News

International News

Sports News