Winamp windows Media Player Real Player QuickTime

दुई तिहाई वहुमत कुनै पनि दलले ल्याउदैनन– नेता गिरी

कार्तिक १० गते
नेपाली काग्रेशका केन्द्रिय सदस्य एवंम राजनितिक विश्लेषक प्रदिप गिरीले कुनै पनि दलले आगामी संविधान सभाको निर्वाचनमा दुई तिहाई वहुमत नल्याउने वताउनु भएको छ । रेडियो अर्पणबाट प्रसारीत संविधान सभाको निर्वाचन विषेश कार्यक्रममा कुराकानी गर्दै नेता गिरीले नेताहरुले भने जस्तो दुई तिहाई वहुमत ल्याउन गाह्रो रहेको वताउनु भयो । दुई तिहाई वहुमत ल्याउन कसैले सक्दैनन नेता गिरीले भन्नुभयो– आगामी निर्वाचनमा काग्रेशको जीत भने सुनिश्चित छ । काग्रेशले आगामी संविधान सभाको निर्वाचन नजिते संविधान नवन्ने उहाँको भनाई थियो । नेता गिरीले जनताले चाहेको संविधान वनाउनका लागी काग्रेश सक्षम रहेको भन्दै चुनावमा काग्रेशको जीत आवश्यक रहेको वताउनु भयो । पहिलो संविधान सभाको निर्वाचनमा एमाओवादीले पहिलो शक्ति भएकालेनै संविधान नवनेको उल्लेख गर्दै नेता गिरीले एमाओवादी अझै पनि डर धाक धम्कीकै भरमा चल्ने गरेको आरोप लगाउनु भयो । यसैबीच
नेता गिरीले एमाओवादीलाई हराउन काँग्रेसलाई सहयोग गर्न बैद्य समुहलाई आग्रह गर्नुभएको छ । बैद्य माओवादीलाई निर्वाचनमा सहभागि हुन प्रचण्डले नदिएको भन्दै त्यसको बदला लिन पनि बैद्यलाई नेता गिरीले निर्वाचनमा काँग्रेसलाई सहयोग गर्न आग्रह गर्नुभएको हो । नेपाली काँग्रेस रत्ननगर वडा नम्वर १३ वडा समितिले आयोजना गरेको चुवानी कार्यक्रमलाई रत्ननगरको जयमंगलामा सम्बोधन गर्दै नेता गिरीले आफनो पार्टी पराजय हुने डरले प्रचण्डले बैद्य माओवादीलाई निर्वाचनमा आउन नदिएको बताउनु भयो । एमाओवादीलाई हराउन बैद्य माओवादीले काँग्रेसलाई सहयोग गर्नुको विकल्प छैन उहाँले भन्नुभयो बैद्य जी हरु पनि हामी संग मिल्नुहोस दुबै पार्टी मिलेर एमाओवादीलाई किनारा लगाउनु पर्छ । २०६४ सालको निर्वाचनमा दोश्रो शक्तिको रुपमा चित्त बुझाएको काँग्रेसका नेता गिरीले भन्नुभयो– शान्तिपूर्व निर्वाचन भए खाला र्फकने दावी गर्नुभयो । काँग्रसको लागि अहिलेको निर्वाचन अवसर संगै चुनौती पनि रहेकाले बुद्धिमताका साथ मतदाता कहाँ पुगर भोट माग्न कार्यकर्ता तथा उम्मेदवारलाई आग्रह गर्नुभयो । कार्यक्रममा नेपाली काँग्रेसकी केन्द्रीय कोषाध्यक्ष चित्रलेखा यादवले एमाओवादीले बहुमत ल्याए फेरी पनि संविधान नबन्ने बताउनु भयो । एमाओवादी र एमालेकै कारण पहिलो संविधान सभावाट संविधान बन्न नसकेको भन्दै उहाँले स्रविधान सुजिश्चितताको लागि जनताले काग्रेसलाई बहुमत दिनुपर्ने बताउनु भयो । संविधान लोकतन्त्रको पक्षधर नेपाली काँग्रसले मात्र दिन सक्ने भएकाले काँग्रेसलाई मतदान गर्न उहाँले आग्रह समेत गर्नुभएको छ । वडा समितिका सभापति ऋषिप्रसाद खनालको अध्यक्षतामा भएको सो कार्यक्रममा क्षेत्र नम्वर २ का उम्मेदवार शेषनाथ अधिकारी, क्षेत्रीय सभापति कुमार कार्की, समानुपातीककी उम्मेदवार शावित्री चौधरी,पूर्व सांसद एकनाथ रानाभाट लगायतले वोल्नु भएको थियो ।
 

Local News

Political News

International News

Sports News