Winamp windows Media Player Real Player QuickTime

प्राधिकरणबाट करिब ९ लाख १४ हजार लुटीयो

कार्तिक १० गते
नेपाल बिद्युत प्राधीकरण बितरण  केन्द्र टाँडी शाखाबाट आज ९ लाख १४ हजार लुटिएको छ । प्राधिकरणका काउन्टर बन्द गर्ने समयमा दिउसो साढे २ बजे  तिर हतियारधारी पाँच जनाको समुहले सो रकम लुटेको हो । दुईवटा मोटरसाइकलमा आएका पाँच जना मध्ये २ जना गेटमा वसेको र तिन जनाभित्र पसेर हामी अख्तियारका मान्छे हौ भनी रकम लुटेको प्रधिकरणका फोर मेन बिष्णु नेपालले जानकारी दिनु भयो । एक जना कोटपाईन्टमा र वाँकी दुई जना नेपाल प्रहरीको पोसाकमा पेस्तोल सहित आएका सो समुहले पेस्तोल देखाइ काउन्टरमा भएको सबै रकम लुटेर भागेको नेपालले बताउनु भयो । रकम लुटेर सो समुह राजमार्गतर्फ भागेको प्रत्यक्षदर्शीले बताएकन छन् । प्रहरीले घटनाबारे अनुसन्धान भईरहेको जनाएको छ ।
 

  • Program on air
  • Program Name: Just For Enjoy
  • Program Host: Som Kumar / Rajan Dil
  • Time duration: 11:10 AM-12:00 PM
  • Next Program
  • Program Name: Nepalbani News
  • Program Host: Nepalbani Network
  • Time duration: 12:00 PM-12:15 PM

Local News

Political News

International News

Sports News