Winamp windows Media Player Real Player QuickTime

दल तथा उम्मेदवार विहानैदेखि व्यस्त

कार्तिक ११ गते
संविधानसभा चुनाव आउन तीनहप्ता बाँकी छँदा चितवनका दलका नेता कार्यकर्ता तथा उम्मेदवारले प्रचार अभियानलाई तिब्रता दिएका छन् ।अघिल्ला दिनहरु जस्तै आज पनि उनीहरुले बिहानैदेखि घरदैलो अभियान थालेका छन् । जिल्लाका गाँउठाँउमा भोट माग्दै नेता कार्यकर्ता पुगेपछि चुनावी माहोल बढेको छ ।कतिपय ठाँउमा खेतबारीमै पुगेर उम्मेदवारले भोट माग्ने गरेका छन् । चुनावी प्रचार प्रसार अन्र्तगत एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर दुई चितवनले आज विहानदेखि पिठुवा गाविसमा घरदैलो कार्यक्रम सुरु गरेको छ । घरदैलो कार्यक्रममा प्रत्यक्ष तर्फका उम्मेदवार विश्वभक्त दुलाल आहुती,समानुपातिक उम्मेदवार संगीता भट्टराई र रमेश रेग्मी मतदाताको घरघरमा भोट माग्न व्यस्त भएका छन् । क्षेत्र नम्वर एकमा पनि एमाओवादीका उम्मेदवार यमवहादुर परियारले पनि विहानै देखि घरदैलो कार्यक्रम गरिरहनु भएको छ  । त्यस्तै नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनले पनि घरदैलो कार्यक्रमलाई तीव्रता दिएको छ । प्रचार प्रसार अन्र्तगत आज रत्ननगरको वडा नम्वर ४ मा विहानैदेखि घरदैलो कार्यक्रम गरीरहेको छ । काग्रेशका उम्मेदवार शेषनाथ अधिकारी तथा समानुपातिक उम्मेदवार सावित्री चौधरी विहानैदेखि मतदाताको घरघरमा पुगिसक्नु भएको छ । यस्तै नेपाली काग्रेश क्षेत्र नम्वर १ चितवनले आज पिप्ले गाविसमा घरदैलो कार्यक्रम सुरु गरेको छ । क्षेत्र नम्वर एकका उम्मेदवार राजेन्द्रप्रसाद वुर्लाकोटी लगायत सयौ नेता कार्यकर्ता घरदैलोमा व्यस्त रहेका छन् । यसैबीच नेकपा एमाले क्षेत्र नम्वर एक चितवनले आज पनि कठार गाविसमा घरदैलो कार्यक्रम गरी रहेको छ । आईतवारदेखि सुरु भएको घरदैलोमा क्षेत्र नम्वर एकका उम्मेदवार सुरेन्द्र पाण्डे विहानैदेखि मत माग्न व्यस्त रहनु भएको छ । यस्तै क्षेत्र नम्वर दुई नेकपा एमालेपनि आफ्नो चुनावी प्रचार प्रसारलाई व्यापकता दिएको छ । आईतवार पिठुवा गाविसमा घरदैलो गरेको क्षेत्र नम्वर दुई एमालेले आज रत्ननगर ९ सालघारीमा कार्यक्रम सुरु गरेको छ । घरदैलोमा एमालेका उम्मेदवार कृष्ण खनाल लगायतका नेता कार्यकर्ताको सहभागीता रहेको छ । यसैगरी संविधान सभाको निर्वाचनको प्रचार प्रसारमा साना दलहरुपनि  दैनिक जसो घरदैलो तथा कोण सभामा व्यस्त रहेका छन् । राप्रपा,मधेशी जनअधिकार फोरम लोकतान्त्रिक,संघीय सद्भावना,सद्भावना पार्टी लगायतका सानादलहरु विहानैदेखि आआफ्नो घरदैलोमा व्यस्त रहेका हुन् ।      
 

  • Program on air
  • Program Name: Nepalbani News
  • Program Host: Nepal Bani
  • Time duration: 12:00 PM-12:15 PM
  • Next Program
  • Program Name: Nonstop Bollywood
  • Program Host:
  • Time duration: 12:15 PM-01:00 PM

Local News

Political News

International News

Sports News