Winamp windows Media Player Real Player QuickTime

लुटपाटमा सलग्नको खोजी कार्य जारी,,व्यवसायिक अपराधि सलग्न रहेको दावी

कार्तिक ११ गते
नेपाल विद्युत प्राधिकरण टाँडी शाखामा आईतवार भएको लुटपाटको घटना सलग्नहरुको अवस्था पत्ता लाग्न सकेको छैन् । प्रहरीले भने घटनाका सम्वन्धमा अनुसन्धान भईरहेको वताएको छ । आईतवार दिउँसो नाटकिय रुपमा प्राधिकरण टाँडी शाखाबाट ९ लाख १४ हजार लुुटिएको थियो । अख्तियारका मान्छे हुँ भन्दै प्रहरीको पोसाकमा आएका ति समुहले आईतवार दिउँसो काउन्टर वन्द गर्ने वेलामा लुटपाट गरेका थिए । घटनाका सम्वन्धमा प्रारम्भिक अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रहरी नायव उपरिक्षक नकुल पोखरेलले जानकारी दिनुभयो । चितवनको सिमा क्षेत्रमा चेकजाँच कडा पारिएको र ग्रामिण क्षेत्रमा पनि सुरक्षाकर्मी तैनाथ गरेर अनुसन्धान अघि वढाईएको पोखरेलले वताउनु भयो । यस्ता घटना काठमाडौमा भईरहने र त्यो घटना चितवनमा पुनरावृत्ति भएको उहाँको भनाई छ । घटनामा व्यवसायीक अपराधीनै सलग्न रहेको प्रहरीको अनुमान छ । यसैबीच
नेपाल विद्युत प्राधिकरण टाँडी शाखामा दिउँसै लुटपाट भएपछि सुरक्षा चुनौती वढेको छ । संविधान सभा चुनावलाई मध्यनजर गर्दै जिल्लाभर सुरक्षा सर्तकता वढाईएता पनि दिउँसै प्राधिकरणमा लुटपाट भएपछि सुरक्षा चुनौती वढेको हो ।संविधान सभाको निर्वाचनलाई मध्यनजर गर्दै अहिले चितवनका  मुख्य राजमार्ग  र ग्रामिण क्षेत्रमा पनि शशस्त्र प्रहरी र नेपाल प्रहरीले गस्ती गरीरहेका छन् ।


  • Program on air
  • Program Name: अर्पण स्थानीय समाचार
  • Program Host: समाचार कक्ष
  • Time duration: 07:00 AM-07:15 AM
  • Next Program
  • Program Name: शुभ विहानी
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 07:15 AM-07:30 AM

Local News

Political News

International News

Sports News