Winamp windows Media Player Real Player QuickTime

ट्यांकरको ठक्करबाट २ जनाको मृत्यु

कार्तिक १२ गते
धु्रवराज खनाल
पुर्वपश्चिम राजमार्ग अन्र्तगत पुर्वी चितवनको चैनपुरमा सोमवार वेलुका  ट्यांकरले मोटरसाईकललाई ठक्कर दिँदा मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चितवन कठार गाविस २ वस्ने वर्ष २२ का रामशरण चौधरी र मकवानपुर वसामाडी ५ वस्ने गोविन्द वर्तौला रहेको प्रहरीले जनाएको छ।  नारायणगढबाट हेटौडा तर्फ जाँदै गरेको ना २ ख १२२१ नम्वरको  ट्यांकरले विपरित दिसातर्फ आउँदै गरेको ना १२ प ४६१५ नम्वरको मोटरसाईकललाई चैनपुर ५ मा ठक्कर दिएको थियो । ठक्करबाट गम्भीर घाईते भएका दुवै जनालाई उपचारका लागी भरतपुर लैजादै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठक्कर दिने ट्यांकर र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।


  • Program on air
  • Program Name: अर्पण शुभ साँझ
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 7:00 PM-7:30 PM
  • Next Program
  • Program Name: CIN को साझा खबर
  • Program Host: CIN
  • Time duration: 7:30 PM-8:00 PM

Local News

Political News

International News

Sports News