Winamp windows Media Player Real Player QuickTime

क्षेत्र नम्वर एकमा प्रमुख दलहरुको आआफ्नै दावी

कार्तिक १३ गते
धुर्वराज खनाल
चितवन निर्वाचन क्षेत्र नम्वर १ मा प्रमुख दलहरुले आआफुले चुनाव जित्ने दावी गरेका छन् । रेडियो अर्पणबाट आज विहान प्रसारीत अर्पण वहसमा कुराकानी गर्दै क्षेत्रिय संयोजकहरुले आगामी संविधान सभाको निर्वाचनमा चुनाव जित्ने वताएका हुन् । कार्यक्रममा वोल्दै एकिकृत नेकपा माओवादी क्षेत्र नम्वर १ का क्षेत्रिय संयोजक राजु अम्गाईले आफ्नो पार्टीले कल्पना गर्न नसक्ने गरी जीत हात पार्ने दावी गर्नुभयो । मध्यवर्ती क्षेत्रका ४ लाख जनताको प्रतिनित्व गरेको हिसाव र एकिकृत नेकपा माओवादीको इतिहासका कारण पनि क्षेत्र नम्वर एकमा आफ्नो पार्टीले जित्ने अम्गाईले वताउनु भयो । कार्यक्रममा वोल्दै नेपाली काग्रेश क्षेत्र नम्वर एकका क्षेत्रिय सभापति राजु सिलवालले काग्रेस प्रति वढेको जनलहरका कारण क्षेत्र नम्वर एकमा आफ्नो पार्टीको जीत सुनिश्चीत रहेको वताउनुभयो । चुनावी प्रचार प्रसार र घरदैलोका क्रममा जनताहरुले काग्रेशले मात्र संविधान दिन सक्ने वताएको पाईएकाले पनि मंसिर ४ को चुनाव लगभग आफ्नो पक्षमा गएको सिलवालको भनाई थियो । त्यस्तै नेकपा एमालेका क्षेत्र नम्वर १ का क्षेत्रीय अध्यक्ष भीमवहादुर पुनले आफ्नो उम्मेदवार पुर्वअर्थमन्त्री समेत रहिसकेको र विकास निर्माणमा योगदान गर्न सक्ने व्यक्ती भएकाले पनि आफ्नो पार्टीले चुनाव जित्ने वताउनुभयो । कार्यक्रममा वोल्ने तीनै जनाले आगामी संविधान सभाको निर्वाचन शान्तीपुर्ण हुने र यदि विथोल्न प्रयास गर्ने शक्तीहरु विरुद्ध एकमत भएर अगाडी वढ्नु पर्ने वताएका थिए । चितवन क्षेत्र नम्वर एकमा एकिकृत नेकपा माओवादीबाट यमवहादुर परियार इन्द्रजीत,नेपाली काग्रेशबाट राजेन्द्रप्रसाद वुर्लाकोटी र नेकपा एमालेबाट पार्टीका पोलिटव्युरो सदस्य सुरेन्द्र पाण्डे चुनावी प्रतिस्पर्धामा छन् ।
 

Local News

Political News

International News

Sports News