Winamp windows Media Player Real Player QuickTime

काग्रेशले नजिते देश दुर्घटनामा जाने महिला नेतृको दावी

कार्तिक १५ गते
नेपाली काग्रेशका जिल्लास्तरका महिला नेतृहरुले आफ्नो पार्टीले स्पष्ट वहुमत ल्याउने दावी गरेका छन् । नेपाली काग्रेश निर्वाचन प्रचार प्रसार महिला संघ समन्वय समिति क्षेत्र नम्वर दुईले आज रत्ननगरको टाँडीमा आयोजना गरेको क्षेत्रिय महिला भेलामा वोल्ने महिला नेत्रीहरुले यस्तो दावी गरेका हुन् । साथै उनीहरुले काग्रेशले वहुमत ल्याउन नसके देश ठुलो दुर्घटनामा जाने सक्ने समेत औल्याएका छन् । कार्यक्रममा सहभागी वक्ताहरुले काग्रेशप्रति जनलहर वढ्दै गएकाले लगभग जीत सुनिश्चित रहेको वताएका थिए । कार्यक्रममा वोल्दै नेपाली काग्रेश क्षेत्र नम्वर तीनकी समानुपातिक उम्मेदवार सिर्जना अधिकारीले जनताले चाहेको संविधान निर्माण गर्न काग्रेशले आगामी संविधान सभाको निर्वाचन दुई तिहाई वहुमतले जित्ने दावी गर्नुभयो । अधिकारीले काग्रेशप्रति जनलहर वढ्दै गएकाले एमाओवादी अत्तालिएर आफ्ना उम्मेदवार तथा कार्यकर्तामाथी आक्रमण गरेको वताउनु भयो । विगतको संविधानको सभाको निर्वाचनमा डर,धम्की र आश्वासनका कारण एमाओवादी ठुलो शक्ति वनेपनि संविधान वनाउन नसकेको चर्चा गर्दै उहाँले अवको चुनावमा कसैको डर,धम्कीसंग नडराउन आह्वान गर्नुभयो । त्यस्तै महिला संघ जिल्ला सभापति ठाकुरकुमारी पौडेलले संविधान निर्माण र महिलाको हक अधिकार स्थापित गर्न काग्रेशले जित्नुपर्ने वताउनुभयो । चुनावी प्रचार प्रसार र महिलाहरुमा काग्रेशप्रति देखिएको उत्साहका कारण पनि काग्रेश लगभग जित नजिक पुगेको पौडेलको भनाई थियो । कार्यक्रममा काग्रेश जिल्ला सभापति टेकप्रसाद गुरुङ, क्षेत्र नम्वर दुईका प्रत्यक्ष तर्फका उम्मेदवार शेषनाथ अधिकारी,समानुपातिक उम्मेदवार सावित्री चौधरी,पुर्व साँसद एकनाथ रानाभाट,महासमिति सदस्य डा. तीर्थ खनिया,काग्रेश जिल्ला सचिव जीतनारायण श्रेष्ठ,क्षेत्रिय सभापति कुमार कार्की,नगर सभापति रुपनराज घिमिरे,महिला संघ क्षेत्रिय सभापति दिलकुमारी वराल,महिला संघ क्षेत्रिय प्रतिनिधी जमुना सुवेदी लगायतले वोलेका थिए । क्षेत्रिय सदस्य सर्मिला लामिछानेले स्वागत मन्तव्य तथा क्षेत्रिय प्रवक्ता निता ढकालले संचालन गर्नु भएको कार्यक्रम निर्वाचन प्रचार प्रसार महिला संघ समन्वय समिति क्षेत्र नम्वर दुईकी संयोजक गीता देवकोटाको अध्यक्षतामा कार्यक्रम भएको थियो ।  

 

Local News

Political News

International News

Sports News