Winamp windows Media Player Real Player QuickTime

काग्रेशलाई विजयी गराउन तरुणले युवा परिचालन गर्ने

कार्तिक १५
नेपाल तरुण दल जुटपानी गाउ समितिको आज भएको तरुण भेलाले नेपाली कांग्रेसलाई बिजयी गराउन सक्रिय युबा परिचालन गर्ने निर्णय गरेको छ । युबाहरुका पक्षमा काम गर्ने भनेर अन्य दलले आश्बसान मात्र दिएर कुनै कार्य नगरेको गुनासो गदै युबाहरुले आफना मुद्धा जोडतोडका साथ उठाउने पार्टी काग्रेस मात्र भएकाले काग्रेसको जित आबश्यक रहेको बताएका छन् । भेलामा नेपाली कांग्रेसका जिल्ला सचिब जितनरायण श्रेष्ठ , क्षेत्रिय सभापति कुमार कार्की  क्षेत्रिय सचिब सूर्य आचार्य ,जिल्ला सदस्य बिमल गुरुङ लगायतले बोल्दै क्षेत्र नं २ का उम्मेदबार शेषनाथ अधिकारीलाई बिजयी गराउन आग्रह गरेका थिए । भेलामा दुई सय भन्दा बढी युबाहरुको सहभागिता रहेको थियो । भेलामा सहभागी युबाहरुले क्षेत्र नं २ का उम्मेदबार शेषनाथ अधिकारीलाई बिजयी गराउन सक्रिय भएर लाग्ने प्रतिबद्धता जनाएका थिए ।
 

Local News

Political News

International News

Sports News