Winamp windows Media Player Real Player QuickTime

अनेरास्ववियुको शुभकामना आदान प्रदान

कार्तिक १५
अनेरास्ववियु प्रारम्भीक कमिटी पृथ्वी उच्च मावि जुटपानी–४ भटेनीको आयोजनामा शुभकामना आदान प्रदान तथा विविध साँस्कृतिक कार्यक्रम आज सम्पन्न भएको छ । शुभदीपावलीको अवसरमा आयोजिक कार्यक्रममा विद्यार्थीहरुले गीत तथा नृत्य प्रस्तुत गरेका थिए ।     नेकपा एमाले चितवनका जिल्ला कमिटी सदस्य विनोद रेग्मी प्रमुख अतिथि रहनु भएको सो कार्यक्रममा प्रेस चौतारी चितवनका उपाध्यक्ष शिशिर सिंखडा,एमालेका क्षेत्रीय सदस्य पूर्णबहादुर वाइवा, अनेरास्ववियुका केन्द्रीय सदस्य सुदिप रेग्मी,ऋषिकेश रेग्मी, क्षेत्रीय अध्यक्ष हरि श्रेष्ठ,विद्यालयका प्राचार्य गंगाराम गुरुङ, उच्च मावि इन्चार्ज सुर्यभक्त अधिकारी लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो । विद्यार्थी रुपा विकले स्वागत मन्तब्य व्यक्त गरेको सो कार्यक्रम अनेरास्ववियु प्रा.क.अध्यक्ष चन्द्र लो को अध्यक्षतामा सम्पन्न भएको थियो ।  


Local News

Political News

International News

Sports News