Winamp windows Media Player Real Player QuickTime

पुर्व लडाकुसहित १२ जना काग्रेशमा प्रवेश

कार्तिक १६ गते
नेपाली काग्रेश क्षेत्र नम्वर दुई चितवनमा एकिकृत नेकपा माओवादीका पुर्व लडाकुसहित विभिन्न पार्टी परित्याग गरी १२ जना प्रवेश गरेका छन् । रत्ननगर ११ मा आज भएको घरदैलो कार्यक्रमको अवसरमा पुर्व लडाकुहरु छविलाल अम्गाई र शिव रेग्मी काग्रेशमा प्रवेश गरेका हुन् । पुर्व लडाकुसंगै एकिकृत नेकपा माओवादीबाट जयराम अधिकारी,परशुराम काप्री र रिता भट्ट काग्रेशमा प्रवेश गरेको क्षेत्र नम्वर दुईका संचार संयोजक उत्तम आचार्यले जानकारी दिनुभयो । क्षेत्र नम्वर दुईका उम्मेदवार शेषनाथ अधिकारीले टिका,माला र खादा लगाई उनीहरुलाई प्रवेश गराउनुभयो । यस्तै क्षेत्र नम्वर दुई अन्र्तगतनै पिठुवा १ बाट एमालेका ७ जना कार्यकर्ता काग्रेशमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरुमा निरवहादुर आले,हिरा आले,ज्ञानवहादुर आले,लिलालक्ष्मी आले,अर्जुन रानामगर,प्रवेश वुढाथोकी र माधव थापामगर रहेका छन् । उनीहरुलाई नेपाली काग्रेश क्षेत्रिय प्रतिनिधी विनोद कुमालले पार्टी प्रवेश गराउनुभयो ।
 
 

  • Program on air
  • Program Name: Lok Jhankar
  • Program Host: Pratiksha
  • Time duration: 09:15 AM-10:00 AM
  • Next Program
  • Program Name: Arpan Samachar
  • Program Host: News Depart
  • Time duration: 10:00 AM-10:15 AM

Local News

Political News

International News

Sports News