Winamp windows Media Player Real Player QuickTime

आज घरघरमा लक्ष्मीपुजा गरिदै

कार्तिक १७ गते
नेपालीको दोश्रो ठूलो चाड तिहार अर्थात् यमपञ्चक अन्तर्गत आज घर घरमा लक्ष्मी पूजा गरिदैछ।   जुन घरमा यमपञ्चकमा दीपावली गरिन्छ, त्यहाँ लक्ष्मीले सदा बास गर्छिन भन्ने धार्मिक विश्वासका आधारमा धनकी देवी लक्ष्मीको पूजा दीपावली गरेर गर्ने परम्परा चलेको हो । गाईलाई लक्ष्मीको प्रतिक मानेर यसै दिन गाई पूजा पनि गरिन्छ। कुनै पनि किसिमको अन्धकारलाई आफूमा अन्तनिर्हित चेतनाशक्तीको प्रकाशले हटाउनुपर्ने सन्देश पनि लक्ष्मीपूजाले दिन्छ । भगवान् रामचन्द्रले लोककल्याणको भावनाले रावणादि विविध असुरहरुको नाश गरेपछि कार्तिक कृष्ण औंसीको दिन अयोध्याको राजाका रुपमा राज्यारोहण गरेको खुसीयालीमा अयोध्यावासीले दीपावली गरेको स्मरणमा दीपावली गर्ने चलन चलेको पनि भनाई छ । आज साँझ दीपावली गरिसकेपछि आफ्नो धन कोठामा लक्ष्मी थापेर गरगहना, पैसा, धान, चामल, फलफूल, रोटी र फूलमाला चढाई लक्ष्मीको मूर्ति वा तस्वीरमा पूजा गरिन्छ । आज साँझ कन्याहरु विभिन्न समूह बनाई घरघरमा भैलो खेल्न हिँड्छन् । यसरी भैलो माग्दै हिँड्ने समूहलाई धान, चामल, पैसा र सेलरोटी दिने गरिन्छ ।यसैबीच  महाकवी देवकोटाको जन्मजयन्ती बहुमुखी प्रतिभाका धनी महाकवि लक्ष्मीप्रसाद देवकोटाको एक सय पाँचौ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । नेपाली साहित्यका विभिन्न विधामा कलम चलाउने देवकोटाको कविता र निबन्धमा विशेष योगदान छ । मुनामदन, सुलोचना, शाकुन्तलाजस्ता अमर कृतिका लागि कलम चलाएका देवकोटाको जन्म १९६६ साल कात्र्तिक २७ गते लक्ष्मीपूजाका दिन काठमाडौको डिल्लीबजारमा भएको थियो । साहित्यमा स्वच्छन्दतावाद रुचाउने महाकविलाई पछिल्लो पुस्ताले आधुनिक कविका रुपमा मान्छन् । उनको पहिलो प्रकाशित कविता सङग्रह पहाडी पुकार हो । देवकोटाको पछिल्लो प्रकाशित कृति नागरिक शास्त्र विसं.२००८ लेखिएको भए पनि त्यसको प्रकाशन भने २०६८ सालमा भएको हो । देवकोटाले आफ्नो जीवनको छोटो समयमा कविता, गीत, बालसाहित्य, महाकाव्य, निबन्ध, नाटक, उपन्यास तथा कथासमेत लेखेका छन् । देवकोटाले तीन महिनामा ‘शाकुन्तल १० दिनमै सुलोचना महाकाव्य र एकै दिनमा ‘कुञ्जिनी खण्डकाव्य लेखेका थिए । दरबार हाई स्कुलबाट आफ्नो पढाइ सुरु गरेका देवकोटाले बिए, बिएल र अङग्रेजी साहित्यमा स्नातकोत्तर तहसम्मको अध्ययन पूरा गरेका थिए । देवकोटाको निधन २०१६ साल भदौ २९ मा भएको थियो ।
 

  • Program on air
  • Program Name: Arpan Subha Sanjh
  • Program Host: Som Kumar
  • Time duration: 07:00 PM-07:30 PM
  • Next Program
  • Program Name: CIN Sajha Khabar
  • Program Host: CIN
  • Time duration: 07:30 PM-08:00 PM

Local News

Political News

International News

Sports News