Winamp windows Media Player Real Player QuickTime

काग्रेशले नजिते देश असफल राष्ट्र वन्ने वुर्लाकोटीको तर्क

कार्तिक १७
नेपाली काग्रेश क्षेत्र नम्वर एक चितवनका उम्मेदवार राजेन्द्रप्रसाद वुर्लाकोटीले आसन्न संविधान सभाको निर्वाचनमा काग्रेशले वहुमत नल्याए देश असफल राष्ट्र वन्न सक्ने तर्क गर्नु भएको छ । पूर्बी चितबनको विरेन्द्रनगर ८, ब्रम्हनगरमा आयोजित चुनावी सभालाई सम्वोधन गर्दै उमेद्धार वुर्लाकोटीले काग्रेशले वहुमत नल्याए देश कंगो,सोमालिया जस्तै असफल हुने वताउनुभयो । काग्रेशले मात्र संविधान निर्माण गर्न सक्ने र विकास निर्माणको कामलाई गति दिन सक्ने भएकाले चुनावमा वहुमत आवश्यक रहेको उहाँको भनाई थियो  ।  महासमिति सदस्य समेत रहेका उमेद्धार ्र वुर्लाकोटीले नेकपा एमालेका नेता तथा कार्यकर्ताहरुलाई तेस्रो लिङ्गिको संज्ञा दिनु भयो । नेकपा एमालेका नेता तथा कार्यकर्ताको वोलीमा विश्वास नहुने हुदा संविधान सभाको दोस्रो निर्वाचनमा आफ्नो प्रतिस्पर्धा कोई नभएको वताउनु भयो । पछिल्लो समय नेकपा एमालेका नेताहरुले जनतालाई एकिकृत नेकपा माओवादीले जस्तौ गरी झुक्काउन खोजेको र अहिले जनताले यो सवै कुरा वुझिसकेको वताउनु भयो । निर्वाचन भनेको लाकतान्त्रि पद्धति वाट हुनु पर्छ र एमालेका नेताहरुले आफुलाई हराउन सक्ने भए लोकतान्त्रिक पद्धती वाट हराएर देखाउन समेत उहाले चुनैति दिनु भयो । सभामा क्षेत्रिय सभापति राजु शिलवाल, जिल्ला सदस्य सरद वतौला, विष्णु क्षेत्रि र तेज प्रसाद वतौला, महासमिति सदस्य राजेन्द्र चौधरी, महाधिवेसन प्रतिनिधि सुशिला उप्रेति लगाएतले वोल्नु भएको थियो । सो क्रममा नेपाली काग्रेस समर्थित सयै नेता तथा कार्यक्रताहरुको सहभागिता रहेको थियो । चुनावि शभा पछि अहिले क्षेत्र नम्वर एक को विभिन्न स्थानमा घरदैलो कार्यक्रमहरु संञ्चालन भईरहेको छ । कार्यक्रममा नेपाली काग्रेस गाउ सभापति मुरारि शिलवालको अध्यक्षतामा सम्पन्न भएको थियो ।
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News