Winamp windows Media Player Real Player QuickTime

कार्यकर्ता माथि भएको आक्रमणको एमालेद्धारा निन्दा

कार्तिक १७ गते
चुनावी प्रचार प्रसार अभियानको क्रममा  जिल्ला कमिटिका सदस्य प्रकाश ढुङगना सहितका नेता कार्यकर्ता माथि मंगलपुरमा छुरा प्रहार गरि भएको आक्रमणको नेकपा (एमाले) जिल्ला कमिटि चितवनले भत्र्सना एवं निन्दा गरेको छ । पार्टि जिल्ला अध्यक्ष जगन्नाथ थपलियाले आज एक बिज्ञप्ती जारी गर्दै पराजित मानसिकता वोकेका वाइसिएलका कार्यकर्ताहरुले क्षेत्र नः ४ एमाले उम्मेदवार दीलकुमारी (पार्वती) रावलसहितको प्रचार टोलि माथि मंगलपुर–६ सूर्योदय चोकमा घरदैलोका क्रममा आक्रमण गरि घाइते वनाएको भन्र्दै भत्र्सना गरिएको छ । घरदैलोमा रहेका जिल्ला कमिटी सदस्य तथा युवासंघ नेपालका पूर्व केन्द्रीय सदस्य प्रकाश ढुङ्गाना, ४ नं. क्षेत्रीय कमिटी सदस्य विशेश्वर न्यौपाने लगायतका कार्यकर्ता माथि बिहान ११ वजे एमाओवादीका स्थानिय कार्यकर्ता मधुसुदन न्यौपानेको निर्देशनमा सन्तोष वि.क., मनोज पोखरेल, राम ठकुरी लगायतका करिव १५ जना वाइसिएल कार्यकर्ताहरुले धारिलो चक्कु र रड प्रहार गरी पछाडीवाट आक्रमण गरेको एमालेको ठहर छ । जिल्लाको सवै निर्वाचन क्षेत्रहरुमा नेकपा (एमाले) को जीत सुनिश्चित भएपछि अत्तालिएका एमाओवादी का वाइसिएलका कार्यकर्ताले एमाले नेता कार्यकर्ता माथि भौतिक आक्रमणको तहसम्म पुगेको एमालेले दावी गरेको छ । साथै आफ्ना कार्यकर्ताहरुलाई संयमित र अनुशासित, नियन्त्रित वनाउन एमालेले एमाओवादीको नेतृत्वलाई आग्रह समेत गरेको छ । एमालेका नेता कार्यकर्ता माथि सुनियोजित ढंगले लुकेर पछाडीवाट आक्रमण गर्ने एमाओवादी कार्यकर्ताहरुलाई तत्काल पक्राउ गरी कारवाही गर्न स्थानिय प्रशासनसँग जोडदार माग बिज्ञप्तीमा गरिएको छ । आक्रमणकारीहरुलाई पक्राउ गरि प्रशासनले कारर्वाही नगरे एमालेले जस्तो सुकै पनि कदम उठाउन वाध्य हुने चेतावनी समेत बिज्ञप्ती मार्फत दिइएको छ ।
साथै एमालेले जिल्ला कमिटी चितवन घाइते प्रकास ढुङ्गाना र विशेश्वर न्यौपानेको शिघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यसैबिच, युवा संघ नेपाल जिल्ला कमिटीले चितवनले यूवा संघ जिल्ला कमिटीका पूर्व अध्यक्ष प्रकाश ढुङगना माथि वाइसिएलका कार्यकर्ताल गरेको आक्रमणको भत्र्सना गरेको छ । जिल्ला कमिटि चितवन संयोजक दिलिप न्यौपानेले आज एक बिज्ञप्ती जारी गर्दै पराजित मानिसकताको उपजबाट ग्रसित वाइसिएलका कार्यकर्ताले लुकिछिपी एमालेका जिम्मेवार नेता कार्यकर्ता माथि आक्रमण गरेको भन्र्दै घटनाका दोषीहरुलाई तत्काल पक्राउ गरि कानुनी कारर्वाही गर्न माग गर्नुभएको छ।
 

Local News

Political News

International News

Sports News