Winamp windows Media Player Real Player QuickTime

तिहारको चौथो दिन आज गोबद्धन तथा म्हः पूजा

कार्तिक १८ गते
आज यमपञ्चकको चौथो दिन समस्त नेपालीको घर आँगनमा परम्पराअनुसार गोरु पूजा, गोवर्धन पूजा र म्हःपूजा गरिँदै छ ।आज नेपालीहरुले आ–आफ्नो घर आँगनमा गाईको गोबर र रातोमाटोले लिपपोत गरी गोवर्धन पर्वतको आकृति बनाई गोवर्धन पूजा गर्दछन् ।आज समस्त कृषकजनले विशेष गरी गाईको बाच्छो वा गोरुको पूजा गर्ने गर्छन् । गोरुले कृषकको जमिन जोत्न र गाडा तान्न सहयोग गरेकाले विभिन्न परिकार नाङगालामा राखी गोरुलाई खुवाउने र पूजा गर्ने परम्परा छ ।गाईको गोबरले घर तथा आँगन लिपपोत गर्नाले अन्य शत्रु जीवाणुले आक्रमण गर्न सक्दैन भन्ने विश्वास गरिन्छ । आज गोबरको पूजा गर्ने दिन भएकाले कृषकहरुले गोबरलाई सम्मान गर्ने गर्दछन् । गोबरबाट प्राङगारिक मल बनाई विषादीरहित फसल उत्पादन गर्नसक्ने भएकाले पनि गोबरको पूजा गर्ने चलन परम्परादेखि नै चल्दैआएको पण्डित गोविन्द वाग्लेले बताउनुभयो ।गोबरलाई परम्परादेखि नै इन्धनको रुपमा पनि प्रयोग गरिँदै आएको छ । गाईको गोबरबाट तयार गरिएको गुइँठाबाट खानेकुरा पकाउने चलन अझै कायम छ ।गाईवस्तु पाल्ने कृषकका लागि घाँसपात उपलब्ध गराएर सहयोग पु¥याउने भएकाले पर्वतको प्रतिनिधि गोर्वद्धन पर्वतको पनि आजै पूजा गरिन्छ । गाईको गोबरको पर्वत तथा कुण्ड बनाई अनेक तरहले गोवर्धन पर्वतलाई पूजा गर्ने परम्परा नेपाली समाजमा छ । द्धापरयुगमा भगवान्  श्री कृष्णले आफ्नै हातले गोर्वद्धन पर्वत उचाली गोकुलवासीलाई वर्र्षाबाट बचाई इन्द्रको घमण्ड नष्ट गरिदिनु भएकाले त्यसै बेलादेखि गोवर्धन पर्वतकोे पूजा गर्ने चलन चलेको हो भन्ने धार्मिक विश्वास रहेको छ ।त्यसैगरी आजै नेवार समुदायमा पनि साँझ परिवारका सम्पूर्ण व्यक्ती बसी म्हःपूजा अर्थात् आत्मपूजा गर्ने चलन छ ।संसारमा सबैभन्दा ठूलो आत्मा हो । आत्मा सन्तुष्ट भए देवता खुसी हुने र सबै काम फलिफाप हुनाका साथै जीवन पनि सार्थक हुने विश्वासका साथ यो पूजा गरिँदै आएको धार्मिक मान्यता पाइन्छ ।म्हःपूजा अर्थात स्वयम् पूजा गर्ने प्रथा नेवारी समुदायको ठूलो पर्व हो । नेवारी भाषामा म्हःको अर्थ शरीर हो । यस दिन परिवारको प्रत्येक सदस्यलाई घरमूलीले पूजा गर्ने चलन छ ।
 

Local News

Political News

International News

Sports News