Winamp windows Media Player Real Player QuickTime

प्रहरीद्धारा २५० लिटर घरेलु मदिरा नष्ट

कार्तिक १८ गते
इलाका प्रहरी कार्यालय रत्ननगरले आज २ सय ५० लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ । रत्ननगरका विभिन्न स्थानबाट चेकजाँचका क्रममा नियन्त्रणमा लिईएको सो परिमाणको मदिरा पत्रकारको रोहवरमा नष्ट गरिएको हो ।  रत्ननगरको टाँडीचोक र रनपा १३ जयमंगलाबाट सो परिमाणको मदिरा नियन्त्रणमा लिईएको इलाका प्रहरी कार्यालय रत्ननगरका प्रवक्ता एवंम प्रहरी निरीक्षक केदार पन्तले जानकारी दिनुभयो । यस्तै प्रहरीले रत्ननगर २ टाँडी वजारबाट विभिन्न प्रकारका पटका नियन्त्रणमा लिई नष्ट गरेको छ । विक्री वितरणकै क्रममा खुर्सानी पटका एक सय प्याकेट ,रकेट पटका ७ प्याकेट र चकलेट पटका ६ प्याकेट नियन्त्रणमा लिईएको प्रहरी प्रवक्ता पन्तले जानकारी दिनुभयो । जिल्ला प्रसासनको निर्देशन र प्रहरीको सक्रिएताका कारण रत्ननगर र यस आसपासका क्षेत्रमा अघिल्लो वर्षका तुलनामा धेरै न्युन पाईएको पन्तको भनाई छ । प्रहरीकै सक्रिएताकै कारण यस वर्ष यस क्षेत्रमा जुवातास र खडखडे खेलाउने र खेल्ने नभेटिएको प्रहरीले जनाएको छ । यसैबीच तिहारमा हुन सक्ने घटनालाई मध्यनजर गर्दै इलाका प्रहरी कार्यालय रत्ननगरले सुरक्षा व्यवस्था कडा वनाईएको छ । इलाका प्रहरी कार्यालयले २४ सै घण्टा आफ्नो क्षेत्रमा सुरक्षा र चेकजाँचलाई कडा वनाईएको पन्तले वताउनु भयो ।
 
 

  • Program on air
  • Program Name: अर्पण समर्पण (आधुनिक गीतमा)
  • Program Host: प्रतीक्षा पौडेल
  • Time duration: 02:15 PM-03:00 PM
  • Next Program
  • Program Name: नेपालवाणी समाचार
  • Program Host: नेपालवाणी नेटवर्क
  • Time duration: 03:00 PM-03:15 PM

Local News

Political News

International News

Sports News